प्रदेश २ : नेकपा–राजपा र कांग्रेस–समाजवादीको उम्मेदवारी दर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा राष्ट्रिय सभा चुनावको लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभाको खाली भएको चार सीटका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेपाली काँग्रेस र समाजवादी पार्टीले पन

२०७६ पुस २० आइतबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा राष्ट्रिय सभा चुनावको लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभाको खाली भएको चार सीटका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेपाली काँग्रेस र समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारहरुले आइतबार जुलुससहित निर्वाचन कार्यलय पुगेर उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपा तथा कांग्रेस र समाजवादीका नेता कार्यकर्ताहरु संयुक्तरुपमा जुलुश प्रदर्शन गरे ।
प्रदेश २ मा नेकपा राजपा गठबन्धनबाट नेकपाका तुलसा दाहाल र राधेश्याम पासवानले उम्मेदवारी दिएका छन् भने राजपाबाट मृगेन्द्रसिंह यादव र शेखरसिंहले उम्मेदवारी दिएका छन् । यस्तै, काँग्रेस–समाजवादी गठबन्धनका तर्फबाट काँग्रेसका नगिना यादव र भोला पञ्जियार तथा सपाबाट रामप्रित पासवान र अनिरुद्रसिंहप्रसाद सिंह यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…