अनेरास्वीयू सदस्य चयनमा लफडा, प्रचण्डलाई बुझायो यस्तो पत्र
लामो समयको अन्यौलतापछि शुक्रबार अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो।

२०७६ पुस १९ शनिबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अनेरास्ववियूले केन्द्रीय कमिटीले शुक्रबार ३ सय ३५ सदस्यीय सहित एकता टुँगाएपछि एक समूह अन्तुष्टि जनाएको छ ।
शुक्रबार अबेर राती ३ सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने बताएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए।
तत्कालिन माओवादी निकट अनेरास्वीयू क्रान्तीकारी र एमाले निकट अनेरास्वीयूको एकता भएपछि पहिलो पटक केन्द्रीय समितिहरुको नाम सार्वजनिक गरेको हो । शुक्रबार नाम सार्वजनिक सहित विभिन्न सँचारमाध्यमहरुमा एकतापछिको सदस्यहरुको नामाबली समाचार प्रकाशन प्रकाशित भएपछि केही जनाले असन्तुष्टि जनाउँदै प्रचण्डलाई असन्तुष्टि पत्र बुझाएको छ ।
एकतापछि गुटगत रुपमा सदस्यहरु चयन गरिएको भन्दै अहमति जनाउँदै प्रचण्डलाई शनिबार पत्र बुझाएको हो ।
संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। लामो समयको अन्यौलतापछि शुक्रबार अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो।
उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन्। प्रचण्डलाई भेट्न उपाध्यक्ष रविकिरण यादवसहित पञ्चा सिंह, दिपक देवकोटा तथा प्रदेशका संयोजकहरू मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…