ओम सहकारीको आठौं वार्षिकोत्सव सम्पन्न : सेवामुखी बनाउन मेयरको आग्रह
न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा अवस्थित ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाले बिहीबार मिर्चैयामा एक कार्यक्रम आयोजना गरी आफ्नो आठौं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले सहकारीहरुले स्थानीय

२०७६ पुस १८ शुक्रबार, बिहान ११:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा अवस्थित ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ ।
संस्थाले बिहीबार मिर्चैयामा एक कार्यक्रम आयोजना गरी आफ्नो आठौं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले सहकारीहरुले स्थानीय अर्थतन्त्रलाई गतिशिल बनाएको र सीमान्तीकृत समुदायको उत्थानका लागि भूमिका खेलिरहेको बताए ।
नगरप्रमुख यादवले सहकारीको योगदान उल्लेख्नीय भएपनि पछिल्लो समय नाफातर्फ बढी केन्द्रित देखिएको भन्दै नाफामुखी नभई धेरै हदसम्म सेवामुखी बनाउन आग्रह गरे । उनले सहकारीले आर्थिक क्रियाकलापलाई समुदायसँग जोड्ने कार्य गर्ने भएकोले समृद्धिको अभियानमा सहकारीको भूमिका नेतृत्वदायी हुनुपर्ने धारणा राखे ।
नयाँ संरचना अनुसार सहकारीहरु स्थानीय तहको क्षेत्राधिकारभित्र आएकोले यसको व्यवस्थापनमा नगरपालिकाबाट कुनै कसर बाँकी नराखिने समेत उनले प्रतिवद्धता जनाए । यस्तै, वार्षिकोत्सव समारोहमा संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद साहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी मूल्य मान्यता अनुरुप संस्था सञ्चालन हुँदै आएको बताए ।
ओम सहकारी समकालिन सहकारी अभियानको एक नमूना अभ्यास भएको बताउँदै उनले संस्थालाई यस स्थानमा ल्याउने सबै सहयोगी हातहरुप्रति आभार व्यक्त गरे । अध्यक्ष साहले सहकारी राष्ट्रको मेरुदण्ड भएको भन्दै सहकारीले श्रम, पुजी र श्रोत साधनलाई परिचालन गरी आर्थिक विकासमा ठूलो सहयोग पुर्याएको बताए ।
संस्थाको कुल ऋण लागानी ३ करोड ९३ लाख ५१ हजार ७ सय ६१ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । कार्यक्रममा शेयर धनी, विभिन्न बैंकका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, बुद्धिजिवी, नागरिकसमाज लगायतको उल्लेख्नीय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…