अजय देवगनका फ्यानलाई सरप्राईज, फिल्म 'भूज' मा विंग कमाण्डर
उनको आउन लागेको यो फिल्मको फस्ट लुक रिलिज गरिएको छ ।
२०७६ पुस १७ बिहीबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । बलिवुड स्टार अजय देवगनको नयाँ फिल्म तनाजी रिलिज नहुँदै उनको एक अर्को फिल्म आएपछि उनका फ्यानहरुमा सरप्राईज भएको छ ।
लामो समयदेखि अभिनेता अजय देवगन मराठा योद्धा उपर आधारित फिल्म तानाजी को क्रेज फ्यानहरुमा छाएकै बेला नयाँ वर्ष २०२० को अवसरमा नयाँ सरप्राईज दिएका हुन् । जानकारी अनुसार अजय देवगनको नयाँ फिल्म “भूज– द प्राइड अफ ईण्डिया” मा भारतीय सेनाको विंग कमाण्डरको रुपमा देखा पर्नेछ ।
उनको आउन लागेको यो फिल्मको फस्ट लुक रिलिज गरिएको छ । विहिबार अजय देवगन अभिनित फिल्म भूज को लागि अजय देवगन विंग कमाण्डरको रुपमा पर्दामा आउने भएको छ । गत वर्ष अर्थात सन् २०१९ देखि नै अजय देवगनको यो फिल्म भूजलाई लिएर चर्चा बन्दै आएको छ । यो फिल्म भारतको १९७१ मा भारत–पाकिस्तानको युद्धमा आधारित फिल्म रहेको बताईएको छ । जसमा अजय देवगन भारतीय सेनामा वायूसेना (एयरफोर्स) को विंग कमाण्डर विजय कार्णिकको किरदारमा देखिनेछ ।
यस फिल्मका डायरेक्टर (निर्देशक) अभिषेक दुधाइयाले समाजिक सञ्जालमा आफ्नो आगामी फिल्ममा अजय देवगनको नयाँ लुकलाई शेयर गर्नुभएको छ । जसको तस्विर क्याप्सनमा उहाँले लेख्नुभएको छ–
“मेरी फिल्म “भुज–द प्राइड ऑफ इंडिया” से स्क्वॉड्रन लीडर विजय कार्णिक के रूप में अजय देवगन सर का फर्स्ट लुक शेयर करना मेरी खुशनसीबी है।”
बिँग कमाण्डर विजय कार्णिक साल सन् १९७१ मा भएको भुज एयरवेसको ईन्चार्जको रुपमा कार्यरत थिए । त्यस क्रममा पाकिस्तानी बमबारीको बाबजुद पनि एयरबेशको आपरेश्नल राख्नुभएका थिए । यो पहिलो पटक नै होला बलिवुडमा की अजय देवगन एयरफोर्सको अधिकारीक रोलमा देखिनेछ । यो फिल्म आउँदो अगस्त १४, २०२० मा रिलिज गर्ने तयारी भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…