नेपाल हिन्दू राष्ट्र थियो र रहन्छ, लव जिहाद चल्दैन : अध्यक्ष पटेल
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सँतोष पटेलले नेपाललाई हिन्दु राष्ट्र भएको बताउनुभएको छ । हिन्दु परिषद्को धनुषा जिल्लाको कमिटिद्वारा मँगलबार जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको जनजागरण कार्यक्रममा अध्यक्ष पटेलले सो कुरा बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै उहाँले “नेप
२०७६ पुस १६ बुधबार, बिहान ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सँतोष पटेलले नेपाललाई हिन्दु राष्ट्र भएको बताउनुभएको छ ।
हिन्दु परिषद्को धनुषा जिल्लाको कमिटिद्वारा मँगलबार जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको जनजागरण कार्यक्रममा अध्यक्ष पटेलले सो कुरा बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै उहाँले “नेपाल हिन्दू राष्ट्र थियो,छ र रहन्छ”– भन्नुभयो । इस्लामिक र क्रिशचन मेसेनरी हाल नेपालमा हाबी भएकोले बिभिन बहानामा देशमा हिन्दूहरु माथि आक्रमण भइरहेको छ र एनजीओ, आइएनजिओ र राजनीतिक दलको आड़मा नेपालमा धर्म परिवर्तन भइरहेको बताउनुभयो ।
पटेलले लव जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठ–मन्दिर अतिक्रमणमा जिम्मेवार निकाय मौन वा मूकदर्शक हुनु आफैमा चिन्ताको बिषय रहेको औल्याउनुभयो । “धेरै धर्म परिवर्तन भयो भने मुलुक बिखण्ड हुने खतरा रहेको छ। सम्पूर्ण नेपालीहरुलाई एक सूत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र नेपाल। शासन ब्यवस्था जे होस, नेपाल हिन्दू राष्ट्र नै रहनुपर्छ भन्ने परिषदको बटम लाईन हो”– पटेलले भन्नुभयो ।
हिन्दु परिषद धनुषा जिल्ला अध्यक्ष शत्रुधन साहको सभापतित्वमा सम्पन जनजागरण सभामा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य बिभा ठाकुर,सल्लहकार बैजनाथ साह,हिन्दू स्वेमसेवक संघ जनकपुर प्रमुख प्रदीप शर्मा, गुठी संस्थान प्रमुख बैकुण्ठ राज रेग्मी,नेपाली सेना महेन्द्रनगरका मेजर,नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रा,परिषद धनुषा जिल्ला उपाध्यक्ष ममता चौधरी,सचिव रितेश कर्ण,जनकपुरधाम नगर अध्यक्ष मिथलेश झा,सचिव जानकी रमण झा लगायतकाले शुभकामना दिनुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…