सन् २०१७ मा चीनमा अश्लील दृष्यका १० हजार घटना
बेइजिङ, २४ पुस : चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् । अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो । यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ

२०७४ पुस २५ मंगलबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

बेइजिङ, २४ पुस : चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् ।
अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो ।
यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएकोे छ ।
यसअवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए ।
कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…