पहिले आफूले नै आफूलाई गोली हाने यी प्रहरी, त्यसपछि...
शव परिवारिक सदस्यलाई जिम्मा लगाउँदै अन्तिम सँस्कार गरिएको डिएसपी गौत्तमले जानकारी दिनुभयो ।

२०७६ पुस १२ शनिबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । विराटनगरको वडा प्रहरी कार्यालय (क) कै शौचालयमा एक प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेपछि हलचल मच्चिएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ८ स्थित रहेको वडा प्रहरी कार्यालयका प्रहरी जवान सँजीव खडका आफ्नै कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि खैलाबैला मच्चिएको थियो । शुक्रबार दिउँसो नै शौचालय छिरेका खडका धेरै बेरसम्म बाहिर नआएपछि शंका लागेर हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरँगले जनाएको छ ।
मोरँग प्रहरीका प्रहरी प्रमुख एवम एसपी विश्व अधिकारीले दिनुभएको जानकारी अनुसार प्रहरी जवान खडका आफ्नै गम्छा घाँटीमा लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरँगका प्रवक्ता एवम् डिएसपी वेद प्रसाद गौत्तमका अनुसार प्रहरी जवान खडकाको मानसिक स्थिति समान्य नभएकोले आत्महत्या गरेको बताउनुभयो । मृतक खडका यसअघि पनि आफूले नै आफूलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गर्नुभएको थियो ।
जानकारी अनुसार, आफूले नै आफूलाई गोली हानेर आत्महत्याको प्रयास गरेपछि उहाँलाई हतियार बोकेर ड्युटि जान दिएको थिएनन् । यसअघि पनि दुई पटक आत्महत्याको प्रयास गरेका खडका आफ्नै कार्यालयको शौचालयमा गम्छामा झुण्डिएको अवस्थामा फेला परेको हो । शौचालय गएका खडका अबेरसम्म नभेटाएपछि खोजविन गर्दै जाँदा शौचालयको मुनीबाट हेर्दा झुण्डिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरँगमा जानकारी गर्दै प्रहरी टोलीले उनलाई ढोका फुटाएर निकालेको थियो । डिएसपी गौत्तमका अनुसार, प्रहरी जवान खडकाको घरासयी समस्या वा अत्यधिक तनावका कारण उनको मानिसक अवस्था समान्य थिएनन् । डयुटि जाँदा पनि एकान्तमा बस्ने गरेको स्वाभावपछि उनलाई हतियार सहित डयुटि जानबाट रोक लगाएको थियो ।
कोशी अञ्चल अस्पतालमा मृतक प्रहरी जवानको पोष्टमार्टमपछि शव परिवारिक सदस्यलाई जिम्मा लगाउँदै अन्तिम सँस्कार गरिएको डिएसपी गौत्तमले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…