
न्यूज ब्यूरो, काठमाडौं । यतिबेला नेपालको राजनीतिक वृत्त तरंगित बनेको छ । राजपाले नेकपासँग राष्ट्रियसभाका लागि दुईबँदे सहमति गरेलगत्तै एकाएक राजनीतिक बहस ट्रेन्डिंगमा आयो भने लगत्तै समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजनीतिक बहस झन तातियो ।
सपाले सरकार छाडेपछि अब राजपा सरकारमा जाने तथा प्रदेश २ पनि सत्ता समीकरण फेलबदल हुने चर्चा चौतर्फी जारी छ । बाहिर विभिन्न किसिमका बहस भइरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने बाहिर चलेको हल्ला जस्तो यथार्थ नभएको बताएका छन् । उनले बाहिर सस्तो ढंगले विश्लेषण र आंकलन भइरहेको बताए ।
नेकपासँग भएको दुईबुँदे सहमति विल्कुलै चुनावी सहमति मात्र भएको बताउँदै उनले राजपा अरुजस्तो कुदेर सरकारमा गइनहाल्ने प्रष्ट पारे । राजपाको प्राथमिकतामा उठाउँदै आएका मुद्दा र जनभावना रहेको पनि उनले बताए । राजपाले मुद्दालाई छाडेर सरकारमा जानेबारे सोच्न पनि नसक्ने उनले प्रतिक्रिया जनाए ।
नेता यादवले आफ्नो पार्टीले राखेका मागहरु सम्बोधन गर्न सरकार ठोस आधार तयार पारे पार्टीमा छलफल हुने तर, आश्वासनकै भरमा केही गर्न नसकिने बताए । तर, अहिले त्यस्तो कुनै छाँटकाँट नदेखिएको उनले जानकारी गराए । हालको राजनीतिक विषयमा केन्द्रित भएर नेता यादवसँग न्यूज ब्यूरोका लागि बिनय यादवले गरेको कुराकानीको संक्षिप्त अंश :
समाजवादी पार्टीले सरकार छाडेपछि अब राजपा सरकारमा जान्छ भन्ने चर्चा चौतर्फी भइरहेको छ । यथार्थ के हो ?
हाम्रो लागि प्रमुख कुरा हाम्रा मुद्दा हुन् । जनताले हामीलाई त्यसैका लागि यहाँ पठाएका छन् । हाम्रा मुद्दा र सवालहरुमा सरकार सकारात्मक भए सोच्छौं । ठोस आधारहरु तयार भए भने पार्टीमा छलफल हुन्छ । हाम्रा माग सम्बोधन हुन्छ भने सोच्छौं नी । तर, अहिले त्यस्तो केही नि छैन । बाहिर सस्तो ढंगले विश्लेषण र आंकलन भइरहेको छ । यो हल्का कुरा हो । हाम्रो मुद्दालाई अलपत्र पारेर हामी सरकारमा जारेबारे सोच्नै सक्दैनौं । अब पहिले झैँ राजनीति हुँदैन ।
सभामुख नेकपाले छोड्ने पक्षमा छैन, उपसभामुखमा राजपाको सम्भावना कस्तो छ ?
उपसभामुखका विषयमा पनि त्यस्तो अहिले केही छैन । तर, हाम्रो कोशिस रहन्छ । यस विषयमा छलफल हुन्छ ।
प्रदेश २ मा सत्ता समीकरण फेरबदलको चर्चाले बजार तातेको छ, यसबारे के भन्नुहुन्छ ?
राष्ट्रियसभा चुनावमा नेकपासँगको दुईबँदे सहमतिले विभिन्न खालका बहस भइरहेको छ । त्यो सहमति चुनावको लागि मात्र गरेका हौं । बाहिर जेजति चर्चा र बहसहरु हुँदैछन्, ती रियालिटी होइनन् । अनुमानकै भरमा हल्ला भएको देखिएको छ । प्रदेश सरकारबारे अहिले त्यस्तो केही नि छैन । अगाडि हेरौं ।
TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय
- २०७६ पौष १० बिहीबार
एजेन्सी । टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको
पूरा पढ्नुहोस्