नगरपालिकामा प्रेसर कुकर बम !
तत्कालै पुगेर निरीक्षण गर्दा प्रेशर कुकर बम रहेको पुष्टि गरेको नेपाल प्रहरीका डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

२०७६ पुस ९ बुधबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिका हाताभित्रै प्रेसर कुकर बम राखिएपछि माहौल त्रासमय बनेको थियो । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ ।
इशनाथ नगरपालिका वडा नम्बर ५ औरैया स्थित नगरपालिकाको कार्यायको हाता भित्र रहेको गमलाको बिचमा प्लास्टिकको झोलामा शंकाष्पद बस्तु कर्मचारीहरुले बुधवार विहान ९ बजेको समयमा देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
शंकाष्पद बस्तु रहेको नगरपालिका कार्यालय वरिपरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर स्थानीय बासिन्दाहरुलाई जानबाट रोक लगाई गौर स्थित नेपाली सेनाको इन्द्रबक्स गणलाई शंकाष्पद बस्तुलाई निष्कृय बनाउन खवर गरिएपछि नेपाली सेनाको बम निरोधक दस्ता उक्त स्थानमा तत्कालै पुगेर निरीक्षण गर्दा प्रेशर कुकर बम रहेको पुष्टि गरेको नेपाल प्रहरीका डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।
नेपाली सेनाको तालिम प्राप्त बम निरोधक दस्ताले उक्त प्रेशर कुकर बमलाई २०० मिटर पश्चिम खुला स्थानमा लगेर निष्कृय बनाएर मानविय क्षति हुनबाट जोगाएको उहाँले बताउनुभयो । मोवाइलको वैट्रीको कनेक्शन गरिएको उक्त वम शक्तिशाली रहेपनि समयमै कर्मचारीहरुको सुझबुझका कारण ठूलो घटना हुनबाट जोगिएको डिएसपी कार्कीले बताउनुभयो ।
प्रेशरकुकर बम कसले वा कुन समुहले राखेको थियो अहिले सम्म पुष्टि हुन नसकेको प्रहरीले गहन अनुसन्धान कार्य सुरु गरेको हुँदा चाँडै बम राख्ने समुहको पहिचान गरेर नियन्त्रणमा लिने उनले दाबी गर्नुभयो ।यसै बिच राखिएको बमलाई डिस्पोज गरि सुरक्षा निकायले खेलेको भुमिकाको प्रसन्सा गर्दै प्रेस बिग्यपति मार्फत मेयर सन्तोस मेहताले धन्यवाद दिनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…