यसरी हुनेछ प्रदेश 'सिएम' को नियुक्ति
विराटनगर, २४ पुस : नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित

२०७४ पुस २४ सोमबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

विराटनगर, २४ पुस : नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिनुभयो । “संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो । मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै दल एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै उहाँले संविधानको मर्मअनुसार सबै वर्ग र समुदायको भावना समेटी यसको कार्यान्वयन गर्नु दलहरुको जिम्मेवारी रहेकामा जोड दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…