रौतहटमा २ जनाको लास फेला
डिएसपी कबित कटुवाललेदुवै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको बताए ।

२०७६ मंसिर २५ बुधबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा पहिचान नखुलेको दुइजनाको शव फेला परेको छ । चन्द्रनिगाहपुरको मुनलाईट स्कुल अगाडि एकजनाको र बजारमा अर्को एकको सब फेला परेको हो।
चन्द्रनिगाहपुरको तल्लो बजारमा सवारी साधनले ठक्कर दिएको अवस्थामा ३०/३२ वर्षको पुरुषको शव फेला परेको र मागी खाने जस्तो हुलिया देखिने मान्छेको शव मुनलाइट स्कुल अगाडि फेला परेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवाललेदुवै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…