कांग्रेसको भ्रष्टाचारको हिसाब कम्युनिष्टले लिदैछ : प्रभु साह
साहले कांग्रेसले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीविरुद्ध गलत प्रचार गरिरहेको बताए ।

२०७६ मंसिर २१ शनिबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेपाली कांग्रेसले समाजमा भ्रम छरिरहेको आरोप लगाउदै त्यस्ताको पछाडि नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.३ मेवामा समृद्धिको लागि जनप्रतिनिधिको भुमिकासमन्बधि अन्तरक्रिया कार्यक्रममा बोल्दै रौतहटको क्षेत्र नं. ३ का सान्सद समेत रहेका साहले कांग्रेसले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीविरुद्ध गलत प्रचार गरिरहेको बताए ।
अध्यक्ष साहले भने, “अहिले कांग्रेसीहरुले भन्छ कि यो सरकार आएदेखि देशमा भ्रष्टाचार बढयो, कम्युनिष्ट आएपछि भुमाफिया बढ्यो, कर छली बढ्यो र वाइडबडी काण्ड भयो । तर सबैलाई थाहा छ कि देउवाजी नै प्रधानमन्त्री भएको बेला वाइडबडी खरिद गरिएको हो, केपीजी आएपछि त हिसाबकिताब सुरु भएको हो कि कता घोटाला भयो रु भने, भ्रष्टचारको जन्मदाता नै कांग्रेस हो ।”
अध्यक्ष साहले थपे,- “विभिन्न घटना र काण्डको हिसाबकिताब भइरहेको छ र कांग्रेसले झुटो बोलिरहेको छ । कसैको कुरामाथि हैन आफ्नै आँखाले देखेको कुरामा विश्वास गर्नुस । गलतको विरुद्ध उभिनुस, आफ्नोभित्रको लाचारीपन, निरीहता र कमजोरीमाथि विजय प्राप्त गरी मुलुक समृद्ध बनाउने अभियानमा अगाडि बढौँ ।”
कार्यक्रममा बोल्दै प्रदेश सान्सद कुन्दन कुशवाहाले रौतहट क्षेत्र नं. ३ को बिकासको लागि सम्पुर्न बिकासप्रेमी जनसमुदायलाई एक जुट हुन अपिल गरे ।उहाँले भने –“म देखि रहेछु यहाँ बिकासका बाधक ,क्षेत्रको समृद्धि देख्न नचाहने फेरि सलबलाउन थालेका छन यस्ता तत्व र बिथिती हटाउन जरै देखि उखेलेर फाल्नु नै आजको आवश्यकता छ तब मात्र बिकासले गति लिन्छ।”
कार्यक्रममा कटहरिया नपाका मेयर सियाराम कुशवाहा,बिजयपुर फतुवाकि उपमेयर कान्ती देबि ,देवाही गोनाहीकि उपमेयर परनिया देबि पटेल सहित जनप्रतिनिधिसहित सयौँ स्थानीयको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…