गढीमाईमा पञ्चबली सहित राँगा बली सुरु, चिसोले दर्जनौ मरे !
तीन दिनअघि ६ वटा राँगा मरेका थिए। आइतबार र सोमबार थप ४० वटा राँगा मरेका छन्।

२०७६ मंसिर १७ मंगलबार, बिहान १०:१७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रत्येक पाँच वर्षमा लाग्ने एसियाकै सबभन्दा बढी बलि प्रदान हुने शक्तिपीठ गढिमाईमा पञ्चबली दिएर बलि प्रदान कार्यक्रम सुरु गरिएको छ ।
विहान ८ बजे गढीमाई मेला समितिद्धारा मुसो, परेवा, राँगा, खसी र हाँसको पञ्चबली दिएर बली प्रदान कार्यक्रम सुरु गरिएको हो । प्रत्येक पाँच वर्षमा लाग्ने उक्त मेलामा लाखौं पशुबली गरिन्छ । गढीमाईको पूजन विधि र नियम अनुसार आज प्रथम दिन पञ्चबली पछि राँगाको बली मात्र दिइने छ ।
गढीमाई मेला समितिका उपाध्यक्ष विश्वनाथ कुशवाहाले न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रथम दिन पञ्चबली सहित हुने बलिप्रदान कार्यक्रम प्रथम दिन मात्र राँगाको बलि दिने परम्परा रहिआएको छ । तर देशको दुरदराज सहित भारतबाट पनि मोटो सँख्यामा आउने श्रद्धालुहरुलाई मध्यनजर गर्दै राँगा सहित बोका, परेवा, हाँसको पनि बलि दिने गरेको छ ।
नियम अनुसार आज मँसिर १७ गते मात्र राँगाको बलि दिनुपर्ने भएपनि यस्तो नगरिएको देखिएको छ । भोली बुधबार मँसिर १८ गते भने मात्र बोकाको बली हुने उपाध्यक्ष कुशवाहाले जानकारी दिए । उनले भने, यद्यपी यसलाई भने यसपाली पनि लागू गर्ने स्थिति छैन । राँगा बलीको लागि सयौंको सँख्यामा हतियारधारी (बलि दिने व्यक्ति) परिचालन गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति ४ वटा मात्र पशु काट्ने आदेश दिइएको हुन्छ ।

उपाध्यक्ष कुशवाहाले न्यूज ब्यूरोसँग कुराकानी गर्दै, आज र भोली हुने महाबली प्रदान कार्यक्रममा पनि छुटेका बलि आउँदो माघे सँक्रान्तीका दिन गरिनेछ भने त्यसमा पनि छुट भएको खण्डमा फागुनको अन्तिम तिथिमा बलि प्रदान गर्ने परम्परा रहिआएको छ । यो दुई दिनमा गढीमाईमा लाखौं पशुको बलि हुनेछ । बलिकै कारण गढीमाई शक्तिपीठ प्रसिद्ध छ ।
सन्तान प्राप्ति, रोग निको भएमा, मनमा सोचेका काम पूरा भएकाले राँगा मात्र होईन, खसी, परेवा, सुगुर र कुखुरासमेत बली दिने गरेका छन् । मेला समितिको तथ्याङ्क अनुसार आइतबार चार हजार राँगाको प्रवेशका लागि रसिद काटिएको थियो। सोमबारसम्म करिब ८ हजारलाई प्रवेश गराइ सकिएको छ।
एउटा राँगा प्रवेशको रसिद पाँच सय तोकिएको छ। बोकाको हकमा तीन सय तोकिएको छ। १२ हजारसम्म राँगा जम्मा हुने मेला व्यवस्थापन समितिको अनुमान छ। यसरी मनोकामना पूरा भएका नेपाली तथा भारतीयहरूले आजसम्म करिब हजारौको संख्यामा राँगा मेला समितिलाई जिम्मा लगाई सकेका छन् ।
सोमवार रातीसम्म खुल्ला आकाशमुनी रहेका राँगाहरु मध्ये चिसो, कोल्ड डायरियाले १० बिसवटा राँगा मरि सकेको पशु कल्याण समितिले जनाएको छ ।बाराः गढीमाई मेलामा बली दिनका लागि जम्मा पारिएका राँगामा कोल्ड डायरिया रोगको संक्रमण भएको छ। तीन दिनअघि ६ वटा राँगा मरेका थिए। आइतबार र सोमबार थप ४० वटा राँगा मरेका छन्।
पशु चिकित्सक हरेराम यादवले केही राँगाहरु डायरियाका कारण मरेको बताए। वीरगंजबाट इन्जेक्सन मगाई संक्रमित राँगाको उपचार गरिएको यादवले जानकारी दिए। एक साताअघिदेखि राँगाहरु रंगशालामा जम्मा पारिएकाले पर्याप्त आहारको अभावमा पनि संक्रमण बढेको उनले बताए।
एक सातादेखि एउटै कम्पाउन्डभित्रको रंगशालामा धेरै राँगा जम्मा पारिएकाले संक्रमितबाट अन्यमा पनि रोग सरेको चिकित्सकको भनाई छ। बली दिने पुशहरुको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकको टिम परिचालन गरिएको छ। टोलीले प्रतिबन्ध गरेका पशुलाई बली नदिई फिर्ता गरिएको छ।
यता, गढीमाईको केन्द्र बिन्दु बरियारपुर रहेपनि त्यस आसपासका करिब १५/२० किलोमिटरको बाटोमा ट्राफिक जाम हटाउन ट्राफिक प्रहरीलाई हामेहामे परेको छ । सोमवार भीडका कारण दर्शन गर्न पुगेकाहरु मध्ये १५ जनाबढी बेहोस भएका तथा ४० बढी महिलापुरुषगरी पाकेटमाराहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मंंसिर १ गतेदेखि सुरु भएको एक महिने मेला करिब ७० लाख दर्शनार्थी आउने मेला समितिले अनुमान गरेको छ । विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शनगर्न सानाठुला सवारीमा नेपाल र भारतबाट भक्तजनको संख्या दैनिक रुपमा बढिरहेको छ, यो क्रम पशु बली समाप्त नभएसम्म जारी रहने मेला समितिका महासचिव मोतीलाल कुशवाहाले बताए ।
भक्तजन तथा श्रद्धालुहरूको संख्या बढेसँगै त्यसको सहज व्यवस्थापन तथा मेलाको चारैतिर बास, शौचालय तथा खानेपानीको व्यवस्था मेला समितिले गरेको छ । यसका साथै, गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज (मँगलबार) प्रदेश नं. २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । विवाहपञ्चमीको अवसर पारेर गत आईतबार विदा दिएका प्रदेश सरकार गढीमाईको विशेष पूजालाई मध्यनजर गर्दै ८ वटै जिल्लामा सार्वजनिक विदाको घोषणा गरेको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…