धनुषा प्रहरी-प्रशासनलाई 'बिल्ला'
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाको सुरक्षा व्यवस्था सहित अन्य सुविधा सराहनीय

२०७६ मंसिर १६ सोमबार, बिहान ११:३९ बजे३ मिनेट पढाइ

[ सम्पादकीय ] ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुरधाममा आईतबार विधिवत रुपमा रामजानकी विवाह महोत्सव सम्पन्न भयो ।
धार्मिक विविधितालाई मध्यनजर गर्दै धनुषा प्रशासनले विवाहपञ्चमी महोत्सवमा मासू र मदिराजन्य वस्तुको विक्री वितरणमा रोक लगाउने आदेश पनि जारी गरयो । तर, सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मूल दिन अर्थात रामजानकी विवाहकै दिन जनकपुरका नाम चलेका होटलहरुमा खुल्ला रुपमै माँस, मदिरा विक्री वितरण गरेर स्थानीय प्रशासनलाई चुनौति दिएको देखियो ।
माँस मदिरा पूर्ण रुपमा विक्रि वितरण निषेध गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेपनि केही होटलहरुले धार्मिक आस्था र प्रशासनको आदेशलाई खिल्ली उडाएको देखियो । स साना मुद्दामा उफ्रेर आउने जनकपुरका कहबैका युवाहरुले पनि विवाहपञ्चमीको दिन केही गर्न सकेनन् । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था सहित अन्य सुविधा सराहनीय देखियो ।
तर, धार्मिक र आस्थाले नै प्रसिद्ध रामजानकी विवाह महोत्सवमा आएका हजारौ साधुसन्त अतिथिलाई भन्ने सम्मान नभएको देखियो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विवाहपँचमीमा हजारौ साधुसन्तहरु होटलको नजिकबाट जाँदा नाक छोप्दै यो कहाँ आईसके म भनेर पनि भनेको देखियो । होटल व्यवासायीले पनि निगरानी गर्न सकेनन की सेटिंग थियो भनेर भित्रको कुरा हो । तर यतिको मोटो सँख्यामा प्रहरी परिचालन गरिएपनि शिवचौकमै यस्तो लिला हुँदा प्रहरी मुकदर्शक बनिराख्नु पनि शंकाको घेरा औल्याउँछ ।
जनकपुरको शिवचोकमा रहेको नवरँग होटल, नयाँ नवरँग होटल, जनकपुर नवरँग होटल भानुचोकमा रहेको राजु होटल, पिडारीचोकमा रहेको राजधानी होटेल, सिटी स्टार होटेलहरुमा खुल्ला रुपमा मदिराको विक्री वितरण र खानपिन पनि त्यही भएको देखियो । विवाहपञ्चमीमा प्रायः सबै होटेल, ढाबाहरुमा बास र गाँसको लागि तीर्थालुहरु गएको देखियो तर सादा भोजनको लागि पनि होटेल पसेका श्रद्धालुहरु होटलभित्रको अवस्था देखेपछि भोकै फर्कन बाध्य भयो ।
जनकपुर सहित गाउँको दूर दराजबाट आएका केही व्यक्तिहरुले दोब्बर रकम तिरेर रक्सी खाएको पनि प्रतिक्रिया दिए । नाम नखोल्ने शर्तमा एक जनाले भने, - "दुई दिन अघि त गोल्डेन ओके (रक्सीको नाम) दाम ३०० थियो आज ७०० मा दियो ।" - प्रशासनले पनि साना होटेल व्यवसायीहरुलाई मात्रै हेरी नाम चलेका होटलहरुलाई भने छुट दिएको पनि देखियो । त्यही जनकपुरकै पुलचोकमा रहेको एक होटेलमा झन खुल्ला रुपमा रक्सी, मासू, माछा बेचेर एक पँच हो हल्ला पनि मच्चाएको देखियो ।
होटेल भित्र मासू, माछा, मदिरा बेच्नको लागि र ग्राहक चिन्नको लागि २ जनालाई होटेलको बाहिर खटाएको पनि देखियो । उनीहरुले के खाने ? भनेर सोधिन्थ्यो, रक्सी पाउँछ ? माछा पाउँछ भनेर सोध्दा यता उता हेरी सिधै उतातर्फबाट भित्र जान सँकेत गरिन्थ्यो । घरभित्र र साधुसन्तको जमातदेखि अलिक परको कुरा बेग्लै हुन सक्छ तर जनक मन्दिर, शिवमन्दिर र त्यसमा पनि साधुसन्तहरुको भीड रहेको ठाउँमै गन्हाउँदा कुनै न कुनै दृष्टिकोणले असहज महसूस गरेको देखियो ।
एकातर्फ जिल्ला प्रशासन कार्यालय धनुषाले मन्दिर, स्वास्थ्य सँस्था, शैक्षिक सँस्थान, सरकारी कार्यालयको करिब २०० मिटर वरिपरी गुटखा, चुरोट, मदिराजन्य पदार्थहरु विक्री वितरण गर्न नपाउने नियम लगाएपनि शिवमन्दिरको ५० मिटरकै दुरीमा रहेको ती होटलहरुमा खुल्लेआम प्रशासनको आदेशलाई धज्जिया उडाउँदै प्रशासनलाई चुनौति दिँदै बिल्ला हानेको देखियो । यसप्रति सरोकारबाला निकायले गम्भिर हुनु जरुरी छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…