रौतहटको गढीमाइमा काङ्ग्रेस जित्यो
२ वटा मतदान स्थलको ३ वटा केन्द्रमा गरि १ हजार ५४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको थियो ।

२०७६ मंसिर १५ आइतबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नं. २ मा भएको उपनिर्वाचनमा १ सय ७५ मतले काङ्ग्रेस उम्मेदवार दिपेन श्रेष्ठ बिजयी भएका छन्
।
नेपाली काङ्ग्रेसका श्रेष्ठले ७७१ ल्याउदा, नेकपाको ज्वाहर मियाले ५९६ मत प्राप्त गरेका छन । समाजवादी पार्टीका उम्मेदवार दिनेश दासले १२२ र राजपाका उम्मेदवारले १६ मत प्राप्त गरेको छ । यस्तै, डा. सिके राउत नेतृत्वको जनमत पार्टीको उम्मेदवारले १२ त्यसैगरि राप्रपाको उम्मेदवारले ४ मत प्राप्त गरि चित बुझाएका छन । कुल खसेको मतमध्ये २८ मत बदर भएको ।
१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रमा गरि १ हजार ५४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको थियो ।
२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित सो वडाका अध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वाडमा निर्वाचन भएको हो। मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…