महोत्तरीको पिपरामा राजपा अगाडी
मतगणना अहिले पनि जारी रहेको छ ।

२०७६ मंसिर १५ आइतबार, बिहान ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरामा भएको उपनिर्वाचनको अहिले मतगणना जारी रहेको छ ।
अहिलेसम्मको ताजा अपडेट अनुसार पिपरा उपनिर्वाचनको लागि अध्यक्ष पदको चुनावमा अहिलेसम्म ६ वटा मतदान केन्द्रको मत गणना सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षको लागि भएको चुनावमा ६ वटा मतदान केन्द्र मध्ये इकरहिया, गम्हरिया , खैरवा, ढेकहा बनौली दनौलीसम्मको मतगणना भएको हो । जसमा नेकपा ७९७ मत , नेपाली काँग्रेस ३६४ , समाजवादी पार्टी ७५९ , राजपा ९२९ , राप्रपा ३०७ र जनमत २०० मत प्राप्त गरेको छ ।
मतगणना अहिले पनि जारी रहेको छ । गाउँपालिका अध्यक्षको मृत्यू भएपछि जनप्रतिनीधि विहिन भएको गाउँपालिकाको लागि उपनिर्वाचन शनिबार सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…