'प्रभू' को पछि-पछि 'सोनल'
प्रदेश २ सरकारको बजेटमा भइरहेको भागबण्डा र भ्रष्टाचार को अन्त्यका लागि ठूलो बल पुग्ने

२०७६ मंसिर ९ सोमबार, दिउँसो १२:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश २ का अध्यक्ष प्रभु साहले स्थानीय तहको विकासका लागि नेकपाको विकल्प नभएको बताएका छन् ।
१४ मंसिरमा हुने उपनिर्वाचनका क्रममा रौतहटको गढीमाई नगरपालिका वडा नं. २ का उम्मेदवार जवार मियाँको चुनावी सभा तथा घरदैलो कार्यक्रममा सहभागि भोट माग्ने क्रममा नेता साहले सो कुरा बताएका हुन ।साहले शहरको बिकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
गढीमाइ नपामा रहेका हालको काङ्ग्रेस मेयर श्याम यादब सहित अन्य दलबाट जितेका समपुर्न पदाधिकारीले भ्रष्टाचार र लुटतन्त्रको बढावा दिएको आरोप लगाउदै साहले यस्ता साङाठित भ्रष्टाचारलाई रोक्न तथा पर्दाफास गर्न नेकपालाइ जिताउन आग्रह गरे।
‘मुलुकको समृद्धि, सुशासन तथा प्रगतिका लागि नेकपाको विकल्प छैन’ साहले भने, ‘गाउँ देखी शहरसम्मको बिकासका लागि मुलुकमा नेकपाको नेतृत्व आवश्यक रहेको समेत बताए ।गढिमाइ नपाको वडा न दुइमा मात्र होइन प्रदेश दुइमा भइरहेको प्रत्येक ठाउँको उपचुनाबमा नेकपाका उम्मेदवारलाई बिजय गराए मात्र प्रदेश २ सरकारको बजेटमा भइरहेको भागबण्डा र भ्रष्टाचार को अन्त्यका लागि ठूलो बल पुग्ने बताए ।
पुर्व मन्त्री समेत रहेका नेता साहले अहिले प्रदेश २ सरकारले जनताको चाहना विपरित काम गरिरहेको आरोप समेत लगाए । प्रदेश २ सरकारले विकासको बजेटमा लुटतन्त्र मचाएको बताए । कमिशन, भ्रष्टाचार, कुशासन, मनपरीतन्त्रमा प्रदेश २ सरकार लागेको बताउँदै उनले जनताको चाहना र आवश्यक्ता बिपरित काम गरेको बताए ।
हुलाकी राजमार्ग, पुर्वपश्चिम रेलमार्ग, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक, मधेसको जिल्ला सदरमुकाम जोडने उतरदक्षिण राजमार्ग लगायतका आयोजनाहरुको निर्माणले प्रदेश २ समृद्ध हुने बताउँदै उनले यि आयोजना सम्पन्न गर्न संघीय सरकार लागि परेको बताए ।
चुनावी सभा तथा घरदैलो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई ९समिर०, सांसद सरला यादव, जिल्ला अध्यक्ष कमल यादव, नेताहरु देवेन्द्र पटेल, सत्यनारायण भगत लगायतको बिशेष सहभागिता रहेको थियो ।
गढिमाइ २ मा भैरहेको उपनिर्वाचनमा समाजवादि पार्टीका उम्मेदवार दिनेश दासको लागि पुर्व प्रधानमन्त्री बाबुराम भटराई ,काङ्ग्रेसका दिपेन श्रेष्ठको लागि बिमलेन्द्र निधी केही दिन अघि घरदैलो गरि फर्केका थिए।जवाहरलाई जिताउन प्रभु साह गढिमाइ पुगेका हुन ।
प्रभु साह पुगेपछी आजै राजपा नेता एव प्रदेश नं. २ भौतिक योजना मन्त्री जितेन्द्र सोनल सहितको टोलि राजपा उम्मेदवारलाई जिताउन उनकै पछि पछि घर दैलो गर्ने कार्यक्रम गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…