विपन्न परिवारलाई ६ सय ३० वटा कम्बल
जनकपुरधाम, २४ पुस । धनुषाको शहिदनगर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहलमा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी जम्मा ६ सय ३० वटा कम्बल वितरण गरिएको हो । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्र

२०७४ पुस २४ सोमबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ पुस ।
धनुषाको शहिदनगर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
सोमबार नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहलमा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी जम्मा ६ सय ३० वटा कम्बल वितरण गरिएको हो ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत र जिल्ला विपद व्यवस्थापन समिति धनुषाको आयोजनामा नगरापालिकाको वडा नं. १ मा ५० परिवारलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
वडा नं. १ बालाबाखरको मुसहर बस्तीमा कम्मल बितरण भएको हो ।
यस्तै, धनुषाकै मुखियापटटी मुसरनीया गाउँपालिकाको वडा नं. १ र २ मा १ सय ३७ वटा, शहिदनगर नगरपालिकाकै वडा नं. ९ गोठकयलपुरमा १ सय २ वटा, कमला नगरपालिकाको दुवरकोट हथलेटवामा १ सय १२ वटा र लकडमा २ सय विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…