मुक्तिनाथ बैंकको सेवा अब घरसम्म : प्रबन्धक झा
जनकपुरमा निकै कम समयमा मुक्तिनाथ विकास बैंकले फडको हान्न सफल भएको छ ।

२०७६ मंसिर ७ शनिबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ विकास बैंकका क्षेत्रिय प्रबन्धक प्रभास झाले अब जनताको घरसम्म बैंकिंग सुविधा प्रदान गर्ने बताएका छन् ।
जनता बैंकमा होइन, बैंक जनतामा जानू पर्द्छ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवासुविधालाई घरघरमा पुरयाउन घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको बताएका छन् । आम नागरिकको घरसम्म सेवा प्रदान गर्ने हेतु बैंकका कर्मचारी एवम् पदाधिकारीहरुले घर घरमा गएर बैंकको सेवा सुविधा तथा फाईदा बारे जानकारी गराएका छन् । शनिबार गरिएको घरदैलो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ रजौलमा घरदैलो कार्यक्रम गरिएको हो ।
बैंकमा कार्यरत कर्मचारीहरुले मुक्तिनाथ विकास बैंकले दिने गरेको सुविधा, सेवा र फाईदा बारे स्थानीय नागरिकलाई सचेतनात्मक सन्देश दिएका थिए । कामको दबाबमा बैंकसम्म जान नसक्ने नागरिकहरुको लागि घर आँगनमै गएर खाता खोल्ने सुविधा मुक्तिनाथ विकास बैंकले ल्याएको क्षेत्रिय प्रबन्धक झाको कथन छ । आफ्नै घर आँगनमा खाता खोल्न पाएको, कम व्याजदरमा कर्जा लिन पाउने बारे जानकारी गराएपछि स्थानीयहरु उत्साहित देखिएका थिए ।
मुक्तिनाथ विकास बैंकले जनताको लागि ल्याएको विभिन्न सेवा सुविधा, स्कीमहरुको बारेमा समयमै जानकारी गराउँदै जनताको घर आँगनसम्म पुगेर सुविधा दिन थालेपछि आम नागरिकलाई थप सहजता महसुस भएको हो । जनकपुरमा निकै कम समयमा मुक्तिनाथ विकास बैंकले फडको हान्न सफल भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…