कतारमा बन्दै गरेको स्टेडियममा काम गर्ने २ नेपालीको मृत्यू !
विपरित दिशातर्फबाट आउँदै गरेको सेल्फ लोडर र बस एक आपसमा जुध्दा दुर्घटना भएको बताइएको छ ।

२०७६ मंसिर ५ बिहीबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कत्तार । कतारमा निर्माणधिन स्टेडियम नजिक सवारी दुर्घटना हुँदा २ नेपाली सहित ४ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
दोहा कत्तारमा निर्माणधिन अवस्थामा रहेको स्टेडियममा काम गर्ने नेपालीहरु काम सकेर आफ्नो कोठा फर्कदै गरेको अवस्थामा सवारी दुर्घटना भएको जनाइएको छ । मृत्यू हुनेमा २ नेपाली सहित एक ईजिप्टका नागरिक र अर्का बँगलादेशी नागरिक रहेको जनाइएको छ । अल जबिर ईन्जीनियरिँग कम्पनीमा कार्यरत कामदारहरुको मृत्यू भएको नाम नखोल्ने शर्तमा त्यहाँ स्थित काम गर्ने एक नेपालीले न्यूज ब्यरोलाई बताए ।
सो दुर्घटनामा परी १५ जना गम्भिर घाईते समेत भएका छन् भने उनीहरुको उपचार कतारको अहमद हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । साईट नं. ३८१ को अलथुमामा स्टेडियममा काम गर्ने कामदारहरु कोठा फर्कदै गर्दा कतारको समय साँझ ५ बजे कम्पनीको बसमा सवार कामदारहरुको मृत्यू भएको बताइएको छ । विपरित दिशातर्फबाट आउँदै गरेको सेल्फ लोडर र बस एक आपसमा जुध्दा दुर्घटना भएको बताइएको छ ।
मृतकहरुको शव कतार प्रहरीको रोहबरमा राखिएको छ भने यस घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…