मधेशलाई कमाई खाने भाँडोको रुपमा मात्रै प्रयोग गरियो : डा. सिके राउत
डा. राउतले पटकपटक अन्य दललाई भोट दिएपनि मधेशलाई ठग्ने काम मात्र गरेको भन्दै यसपटक जनमत पार्टीलाई साथ दिन आग्रह गरे ।

२०७६ मंसिर ४ बुधबार, बिहान ११:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशलाई अहिलेसम्म सबै राजनीतिक दलहरुले कमाई खाने भाँडोको रुपमा प्रयोग गर्दै आएको बताएका छन् ।
जनमत पार्टीद्धारा मंगलबार महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै डा. राउतले अहिलेसम्म विजय भएका राजनीतिक दलका प्रतिनिधिहरुले मधेशलाई भाँडोको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएका हुन् । उनले मधेशलाई बासमती चामल र रहँु माछा आयात गर्ने ठाउँको रुपमा मात्रै प्रयोग गर्दै आएको आरोप लगाए ।
डा. राउतले भने, ‘जनताले अहिलेसम्म जिताएका सबै राजनीतिक दलहरुले मधेशमा शासन गर्ने काम मात्रै गरेका छन्, कुनै पनि दलले मधेशको विकासका लागि केही गरेका छैनन्, मधेशलाई रहुँ माछा र बासमती चामल उपलब्ध गराउने एउटा भण्डारको रुपमा मात्रै हेर्दै आएका छन् ।’
जनताले मत दिएर विजय बनाएको मधेशवादी दल नेतृत्वको प्रदेश दुईको सरकार समेत त्यसमा पछाडी नरहेको आरोप उनले लगाए । उनले पटकपटक अन्य दललाई भोट दिएपनि मधेशलाई ठग्ने काम मात्र गरेको भन्दै यसपटक जनमत पार्टीलाई साथ दिन आग्रह गरे ।
डा. राउतले जनमत पार्टीलाई साथ दिए पिपरा गाउँपालिकालाई देशकै नमूना स्थानीय तह बनाउने दावी गरे । जनमत पार्टी पनि अन्य पार्टी झैं लागे आउने चुनावमा सबैथोक जनताकै हातमा भएको उनले जिकिर गरे ।
पिपरा गाउँपालिकामा राजपा नेपालबाट विजयी भएका अध्यक्ष विनोद चौधरीको निधन भएपछि रिक्त भएको उक्त पदका लागि आउँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…