'बैंकको प्रयोग गर्न नजान्दा नेपालीहरु गरिब भयो'
उपयोग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जानु परेको बाध्यता

२०७६ मंसिर २ सोमबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जवि नेपालले बैंकको उपयोग गर्न नजानेर नेपालीहरु गरिब भएको जीकिर गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै उनले सबै स्थानीय तहमा बैंक पुग्न लागिसक्दा पनि त्यसको उपयोग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जानु परेको बाध्यता औल्याए । सरकारले उद्यम गर्न चाहनेहरुका लागि अवसर नै अवसर दिएका गभर्नर डा. नेपालले बताए ।
अवसर र पैसाको उपयोग गर्न नजान्दा नेपालीहरु गरीब भएको तर्क गर्दै उनले देशमा भएको अवसर प्रयोग गर्नुको सट्टा नेपालीहरु विदेशी देश बनाउन दुःख गरिरहेको उनले बताए । नाकाबन्दीले कतार आत्मनिर्भर भएको र मरूभुमिको देश समेत दूध निर्यात गर्ने अवस्थामा पुगेको तर सजिलै उत्पादन हुने नेपालका युवा अरूको देश बनाउन जानु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…