नगरपालिकाका मेयर र उनको छोरा ताण्डव मच्चाएपछि...
पछिल्लो समय बिकासले गति नसमातेको र गरुडा नपाको हालको स्थिति लथालिङ्ग र भताभुङ बनेको देखिन्छ ।

२०७६ कार्तिक २७ बुधबार, दिउँसो ४:३८ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिकाले असार मै परिषद गरेको भएपनि पछिल्लो समय कार्यालय संचालनमा बिबाद बढेपछी विकास निर्माणको काम प्रभावित भएको छ । बिबाद बढेसँगै नगरपालिकाले अहिले सम्म वडाबाट सिलिङ समेत माग गर्न नसकेपछि बिकास निर्माण कार्य ठप्प बनेको हो ।
नगरप्रमुख देखि उहाँकै छोराको मनोमानी बढदै गएको भन्दै मेयर बाहेकका दल र स्थानीयले चर्को बिरोध जनाउन थालेका छन् । समाजबादी पार्टीबाट मेयर रहेका इन्नु राय यादवका छोरा अनिल यादब यसै नपाको खरिदार पदका लागि राखिएको करार कर्मचारी हुन । कहिले गरिएको परिसद मान्य नहुने त कहिले आफ्नो नातेदार र आसेपासेलाई नियुक्ति गरिनुपर्ने माग सहित प्रस्तुत हुने यादबको पाइलाबाट प्रमुख प्रसासकिय अधिकृत चिढिएपछि पछिल्लो समय बिकासले गति नसमातेको र गरुडा नपाको हालको स्थिति लथालिङ्ग र भताभुङ बनेको देखिन्छ ।

हाकिमलाई सरुवा गराउन मन्त्रालय धाउने देखि उपप्रमुख रङिला देबि जयवालको न्याय सम्पादन तथा विभिन्न सेवा सुबिधा खोस्ने धम्की दिदै आएका मेयर पक्षधरको रबैया बाट झन बिबादले चरम सिमा नाघेको स्थानीयको भनाइ छ । गरुडा नगरपालिकामा असार यता कर्मचारीलाई तलव खुवाउने बाहेकको काम नभएको एकजना कार्यपालिका सदस्यले बताए ।
नगरपालिकामा मेयरका छोरा हाबी भएका कारण गएका बर्षहरुमा समेत काम प्रभावकारी हुन नसकेको गुनासो बढदै जान थालेको छ । अधिकृत पन्थी आएको छोटो समयमा बिकासले गति लिएको तर बिबाद बढेपछी गरुडा नपा हरेक काममा पछि पर्न थालेको बुद्धिजिबिहरु बताउछन । हाल सम्म बिकासे योजनाको कुरा छोडौ हाकिम साहेबलाई काम गर्ने बाताबरण बिगारेका तत्वका कारन डेंगु र मलेरियाको औषधि समेत छर्किएको अवस्था छैन ।
अब मेयरका विरुद्ध अन्य दलले तालाबन्दी गर्ने तयारी गरेको सामचारस्रोतले बताएको छ ।नगर प्रमुख यादवका छोरालाइ चार पाङ्ग्रे गाडी सुबिधा , भतिजा हरुलाई मोटर साइकल सुबिधा लगायतका फजुल तेल खर्च प्रमुख प्रसासकिय अधिकृत पन्थीले दिन नमानेपछि नगर प्रमुख यादव नगरपालिकामा बिभिन्न बखेडा गर्दै आएका कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन ।
नगर प्रमुख यादवको अहिले गरुडा नगरमा सर्वत्र आलोचना भै रहेको छ । मेयर साहेबको ठाडो निर्देशनमा भएभरको स्वास्थ स्वयंसेवकको अक्षयकोष रिताएर महिला स्वयंसेवकलाई सुनको बाली पक्षपाती ढङले बितरन गरिएको भन्दै श्रोतले आक्रोश पोखेको छ।छ्ठमा रौतहटको गरुडा नगरपालिकाले आफना मातहतका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई सुनसहित साडी वितरण गरिएको थियो । नगरमा कार्यरत रहेको महिला स्वास्थ्य स्वयम सेविकाहरु मध्ये केहिलाइ १ थान सुनको गहना तथा १ थान साडी वितरण गरिएको थियो।
रौतहटको स्थानिय निकायहरुमा सुन वितरण गर्ने गरुडा नगरपालिकाका सम्भवत पहिलो नगरपालिका रहेको छ । सुन कुन शिर्षकबाट खरिद गरि वितरण गरिएको हो भन्ने प्रतिक्रियामा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थिले यसबारे आफुलाई केही थाहा नभएको बताए। यसबारे विस्तृत बुझन स्वास्थ्य प्रमुख जर्नाधन झासंग सम्पर्कगर्न प्रतिक्रिया दिए।
स्वास्थ्य प्रमुख जर्नाधन झाले नगरपालिकाको कुनै बजेट नभई नगरमा कार्यरत रहेका ८१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुको आफनै आन्तीरककोषमा जम्मा भएको रकमबाट उनीहरुले स्वयम नै आफुले चाहे अनुसारको कानको बाली खरिद गरि कार्यक्रम मार्फत ग्रहन गरेको प्रतिक्रिया दिएका छन्। कर्मचारी माथि समेत मेयर हाबी भएका कारण काम हुन नसकेको कार्यपालिका सदस्यहरुको भनाइ रहेको छ ।
गरुडा नगरपालिका बाट गत आर्थिक बर्षमा भएको कामको भुक्तानी अहिले सम्म उपभोक्ता समितिले पाउन नसकेको उपभोक्ता समितिका सदस्यहरुको भनाइ रहेको छ । यस आर्थिक बर्षको विकास बजेटको कुनै टुंगो नलागेका कारण नगरको विकास निर्माण प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आफुलाई मन्त्रालयले भ्रस्टाचार गर्न नभई समृद्ध गरुडा बनाउन पठाएको र आफु सुशासन,विधिको शासन, कानुनि राज्यको प्रत्याभूतिको लागि सरकारी सेवामा प्रवेश गरे देखि लागि परेकोले आफु रहुन्जेल गरुडामा भ्रस्टाचार सम्भव नरहेको बताउदै आएका छन ।
बिकासप्रेमी भन्न र बन्न रुचाउने मेयर इन्नु राय यादबले सबै पदाधिकारी र कर्मचारी बुधिजिबी सङ सङ सहकार्य गरि अगाडि बढनुपर्ने आजको आवश्यकता रहेको स्थानीय बुद्धीजिबीहरुको तर्क छ । पक्ष सँग गरुडा नपाको हाकिम चिढिएपछि रौतहटको गरुडा नगरपालिकाले असार मै परिषद गरेको भएपनि पछिल्लो समय कार्यालय संचालनमा बिबाद बढेपछी विकास निर्माणको काम प्रभावित भएको छ ।बिबाद बढेसङै नगरपालिकाले अहिले सम्म वडाबाट सिलिङ समेत माग गर्न नसकेपछि बिकास निर्माण कार्य ठप्प बनेको हो ।
नगरप्रमुख देखि उहाँकै छोराको मनोमानी बढदै गएको भन्दै मेयर बाहेकका दल र स्थानीयले चर्को बिरोध जनाउन थालेका छन् । समाजबादी पार्टीबाट मेयर रहेका इन्नु राय यादवका छोरा अनिल यादब यसै नपाको खरिदार पदका लागि राखिएको करार कर्मचारी हुन । कहिले गरिएको परिसद मान्य नहुने त कहिले आफ्नो नातेदार र आसेपासेलाई नियुक्ति गरिनुपर्ने माग सहित प्रस्तुत हुने यादबको पाइलाबाट प्रमुख प्रसासकिय अधिकृत चिढिएपछि पछिल्लो समय बिकासले गति नसमातेको र गरुडा नपाको हालको स्थिति लथालिङ्ग र भताभुङ बनेको देखिन्छ ।
हाकिमलाई सरुवा गराउन मन्त्रालय धाउने देखि उपप्रमुख रङिला देबि जयवालको न्याय सम्पादन तथा विभिन्न सेवा सुबिधा खोस्ने धम्की दिदै आएका मेयर पक्षधरको रबैया बाट झन बिबादले चरम सिमा नाघेको स्थानीयको भनाइ छ । गरुडा नगरपालिकामा असार यता कर्मचारीलाई तलव खुवाउने बाहेकको काम नभएको एकजना कार्यपालिका सदस्यले बताए । नगरपालिकामा मेयरका छोरा हाबी भएका कारण गएका बर्षहरुमा समेत काम प्रभावकारी हुन नसकेको गुनासो बढदै जान थालेको छ ।अधिकृत पन्थी आएको छोटो समयमा बिकासले गति लिएको तर बिबाद बढेपछी गरुडा नपा हरेक काममा पछि पर्न थालेको बुद्धिजिबिहरु बताउछन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…