पत्रिका सँचालकले राजनीति पूर्वाग्रह भएर निराधार आरोप लगायो : यादव
यदि प्रतिशोध र रिसबी साध्ने माध्यम पत्र पत्रिका वा सँचारमाध्यम हो भने म यसको घोर निन्दा गर्दछु ।

२०७६ कार्तिक २६ मंगलबार, दिउँसो ४:०८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालको मुख्यद्वार नजिकै रहेको दरभंगा सिटी स्क्यान तथा डाइग्नोस्टिक सेन्टरमा हालसालमा कुनै शुल्क वृद्धि नभएको संस्थाका संचालक केदार यादवले दाबी गरेका छन् ।
गत शनिबार जनकपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा सरकारी अस्पतालको सिटी स्क्यान मेशिन बिग्रेको मौकाछोपेर दरभंगा सिटी स्क्यान सेन्टरले शुल्क बढाइ बिरामीलाई ठग्ने काम भइरहेको समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाउँदै आफ्नो संस्थालाई बदनाम गर्न खोजिएको संस्थाका संचालक यादवले आरोप लगाएका छन् ।
उनी लामो समयदेखि भारत बिहारको दरभंगामा धनुषा डाइग्नोस्टिक ल्याब सञ्चालन गर्दै आएका थिए । अहिले जनकपुरमा पनि दरभंगा सिटी स्क्यान क्लिनिक सञ्चालन गरेका गरेका हुन् उनले भने, सरकारी अस्पतालको मेशिन बिग्रेको हुन् की होईन त्यो हामीलाई बुझ्नुपर्ने विषयनै होईन त्यसको रेखदेख गर्ने जिम्मा त्यहाका अधिकारीको हो तर जसरी सरकारी अस्पतालको मेसिन बिग्रेको समाचारलाई मेरो संस्था सँग जोडेर प्रकाश गरियो त्यो पूर्णतः नियोजित हो संस्थालाई बदनाम गर्ने नियतले ल्याएको हो” सरकारी वा निजी अस्पतालका मेसिनमा समस्या आउछन् । मेसिन बिग्रेको मौका पाएर हामीले शुल्क वृद्धि गर्ने होइनौं हाम्रो जुन शुल्क जो छ सबैको लागि छ सधैंको लागि छ यस्तो होईन की सरकारी अस्पतालमा मेसिन ठिक हुँदा हामी कम लिने र बिग्रेको हुँदा बढी लिने होईन । प्रादेशिक अस्पतालको मेसिन कहिले बिग्रेको हुन्छ कहिले सुध्रेको त्यो हामीले थाहै हुदैन ।
"जनकपुरमा सिटी स्क्यान सेन्टर मेरो मात्रै हो ? पक्कै होईन म भन्दा पहिले देखि जनकपुरमा सिटी स्क्यानको क्लिनिक संचालनमा छ मभन्दा बढी शुल्क लिइरहेको छ, समाचारमा त्यसको नाम किन आएनन् ? त्यो संचारमाध्यमले पुर्वाग्रहका साथ कसरी समाचार प्रकाशन गरियो ? ती संचारमाध्यमका संचालक एउटै उदेश्य हो मेरो क्लिनिकमा कार्यरत डाक्टरको बदाम गर्ने । के पत्रकार हुँदैमा जे मन लाग्छ त्यही लेख्न पाईन्छ ? सत्यतथ्य के हो पत्ता लगाउनुपर्छ की नाईं ? दरभंगा सिटी स्क्यानको संचालक म हुन् दर्ता मेरो नाममा छ तर, समाचारमा डाक्टर चन्द्र मोहनले संचालन गर्दै आएको उल्लेख छ । जनकपुरका नाम चलेका संचारमाध्यमका सम्पादकले यसरी आफ्नो चरित्र प्रदर्शन गर्नु भनेको कुनै कुराको रिसवी वा राजनीतिक प्रतिशोध मात्र हुन सक्छ र उसको लक्ष्य हाम्रो संस्थामा कार्यरत डाक्टरलाई बदनाम गराउन प्रयत्न भएको छ ।"
दरभंगा सिटी स्क्यान क्लिनिकमा पुर्व संसद डाक्टर चन्द्र मोहन यादव पछिल्लो निर्वाचनमा पराजित भएपछि उहाँ सँग भएको सीप, दक्षता र क्षमताको उपयोग गर्दै क्लिनिकमा कुनै किसिमको साझेदारी नभई विशुद्ध रूपमा एउटा चिकित्सकको रूपमा महिनाको पारिश्रमिक लिएर काम गरिरहेको तर उहाँकै नाममा संस्था रहेको भनेर समाचार बाहिर ल्यायो त्यो राजनीतिक प्रतिशोधको साध्नको ल्याएको बताए ।
पत्रकारिताको सामान्य मर्मलाई समेत ख्याल नगरी डाक्टर चन्द्र मोहन पिताको नाम जोडेर सनसनी पुर्ण तरिकाले समाचार छापिएको छ त्यो अपराध हो र त्यस्ता अपराध गर्ने सञ्चारमाध्यमले सर्बजनिक रूपमा माफी माग्नुपर्छ अन्यथा हामी कानुनी उपचार र न्याय खोज्न न्यायालय सम्म जान पछि नहट्ने बताए। राजनीतिक पुर्वाग्रहका कारण एक जना राजनीतिक व्यक्तिको चरित्र बदनाम गराउन र आफ्नो व्यवसायलाई बदनाम गरेको भन्दै उनी पेशागत सुरक्षाको लागि सम्बन्धित निकाय सँग माग समेत गरेका छन् ।
उनले भने, – "मैले गल्ती गरेको छु भने देशमा कानुन छ कानुन बमोजिम कारवाही होस् म व्यहोर्न तयार छु । तर, काम गरेर खाने व्यक्तिलाई निरुत्साहित गर्ने बदनाम गर्ने अधिकार न कुनै पत्रकारलाई छ न सञ्चारमाध्यमलाई । पत्रिकाका सम्पादकले आफ्नो हिनता बोध गरेको देखिएको छ । यदि प्रतिशोध र रिसबी साध्ने माध्यम पत्र पत्रिका वा सँचारमाध्यम हो भने म यसको घोर निन्दा गर्दछु ।"

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…