प्रहरी चौकिबाटै चोर फरार
बिनय यादव, सिरहा, २२ पुस। सिरहाको कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चौकीबाट एक चोर फरार भएका छन् । कर्जन्हा नगरपालिका ११ स्थित रंजित महतोको घरमा बुधबार चोरी गरिरहेको अवस्थामा कर्जन्हा ११ बस्ने सोमिन्द्र पासमानको २१ वर्षीय छोरा मनोज पासमानलाई स्थानियहरूले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । यस अ

२०७४ पुस २२ शनिबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २२ पुस। सिरहाको कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चौकीबाट एक चोर फरार भएका छन् ।
कर्जन्हा नगरपालिका ११ स्थित रंजित महतोको घरमा बुधबार चोरी गरिरहेको अवस्थामा कर्जन्हा ११ बस्ने सोमिन्द्र पासमानको २१ वर्षीय छोरा मनोज पासमानलाई स्थानियहरूले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
यस अघि पौष ४ गते कर्जन्हा ११ मा चार घरमा चोरी भएका थिए भने २ घरमा चोरीको प्रयास भएको थियो । नजिकमा प्रहरी चौकी भएपनि बारम्बार चोरी भइरहदा चोरको डरले कर्जन्हाबासी निकै त्रसित भएका छन् ।
स्थानियहरूले प्रहरीकै मिलोमतोमा चोर फरार भएको बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…