मुटु रोग र यसबाट बच्ने उपायहरु
मुटु रोग( Heart Disease ) :- नसर्ने रोग ( NCDs) जस्तै मुटु रोग, फोक्सोको रोग, क्यान्सर , मधुमेह इत्यादि रोगका कारण विश्वमा लगभग ६६- ७०% मान्छेको मृत्युका कारण हुनुका साथै ३०-७० बर्षका मान्छेको मृत्यु प्रत्येक २ सेकेन्डमा १ जनाको नसर्ने रोगबाट हुनेगर्द्छन। नसर्ने रोगहरुमध्ये ३०% को मृत्यु मुटु र रक्त
२०७६ कार्तिक २४ आइतबार, बेलुकी ६:०७ बजे६ मिनेट पढाइ

मुटु रोग( Heart Disease ) :-
नसर्ने रोग ( NCDs) जस्तै मुटु रोग, फोक्सोको रोग, क्यान्सर , मधुमेह इत्यादि रोगका कारण विश्वमा लगभग ६६- ७०% मान्छेको मृत्युका कारण हुनुका साथै ३०-७० बर्षका मान्छेको मृत्यु प्रत्येक २ सेकेन्डमा १ जनाको नसर्ने रोगबाट हुनेगर्द्छन। नसर्ने रोगहरुमध्ये ३०% को मृत्यु मुटु र रक्त नलीको रोगबाट मात्र हुने गर्द्छ्न। मुटुरोग बिशेष गरि ४०बर्ष भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छन् तर आजकाल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ्न।
मुटु रोग भनेको के हो?
मुटु रोगभित्र विभिन्न प्रकारका रोगहरु पर्दछ्न जसमा जन्मजात मुटु रोग जुन बच्चाहरुमा देखिने गर्द्छ त्यसैगरी बाथ मुटु रोग ( भल्भ सम्बन्धि रोग), उच्च रक्तचाप , डाइलेटेड कार्डियोमायोपाथी ( मुटु कमजोर भइ हर्ट फैलियरका लक्षण देखापर्नु) मुटुमा संक्रमण भइ हुने ( पेरिकार्डाइइटिस, मायोकार्डाइटिस र इन्डोकार्डाइटिस ) रोगहरु यस भित्र पर्दछन। बिभिन्न कारणले मुटुसम्बन्धी भिन्न भिन्न रोग लाग्छ जसमध्ये सबैभन्दा खतरनाक र प्राणघातक हृदयघात हो।
बिश्वमा मुटु रोगको अवस्था
बिश्व स्वास्थ्य संघ ( WHO)को तथ्यांकअनुसार प्रति बर्ष मुटु तथा रक्तनलीका रोगबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गर्द्छ भने प्रति १ मिनेटमा ३२ जनाको मृत्यु यसबाट हुनेगर्द्छन र त्यसमध्ये उच्च रक्तचापका कारण करिब ९४ लाख मानिसको मृत्युु भइरहेको छ। सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड भन्दा माथिसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
नेपालमा मुटु रोगको अवस्था
नेपालमा हाल करिब १०-१५ % (झन्डै २६ लाख ) मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग भएको अनुमान गरिएको छ। ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बिलासी जीवन बिताउने भएकोले शहरी क्षेत्रमा बसोबास गर्नेमा मुटुको रोग बढी देखिएको छ। नेपालमा १० बर्षता मुटु रोगीहरुको संख्या ५ गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ बर्ष उमेरभन्दा माथिका करिब २५.७% लाई उच्च रक्तचाप , ३.६% लाई मधुमेह , ३% लाई कोरोनरी आर्टरी रोग र ०.२% १५ बर्ष मुनिकोमा बाथरोग र त्यति नै अनुपातमा जन्मजात मुटुको रोग छ र त्यसैगरि २२.७% लाई उच्च कोलेस्टेरोलको समस्या छ भने ८९.२% नेपालीले अहिलेसम्म मधुमेहको जांच गराएको छैन भने ४२.७ % नेपालीले रक्तचाप समेत जचाँएको छैन। त्यो भन्दा डरलाग्दो तथ्य त ९०% रक्तचापका बिरामी ले औषधि नै सेवन गर्दैनन् ।

नेपालमा पहिलो मृत्युका कारण इस्केमिक हर्ट डिजिज भन्ने मुटु रोग हो भने दम (COPD) दोस्रो मृत्युका कारण हो। सम्पुर्ण मुटुका रोगहरुमध्ये ७५% लाई हृदयघात हुनेगर्द्छन भने करिब ९५% हृदयघातलाई हामी रोकथाम गर्न सक्छौ । मुटुलाई रक्त सन्चार गर्ने नलीमा अचानक रुकावट भएमा हृदयघात हुन्छ जुन ७०% blockage भएमा कुनै लक्षण नै नहुन सक्छ तर कहिलेकाही अचानक १००% blockage यसै coronary artery मा भएमा मुटुभित्र रक्तसञ्चारको समस्या भइ मुटुको त्यो भाग नष्ट हुन थाल्छ र बिरामीलाई अचानक छाती दुख्नु, स्वा स्वा हुनु, पसिना आउनु, रिंगटा लाग्नु, मुटु ढुक ढुक हुनु, डर लाग्नु जस्ता लक्षण देखापर्न थाल्छ्न जसलाई हृदयघात भनिन्छ यो ईमेर्जेन्सी अवस्था हो पहिलो १ घण्टा सुनौलो घण्टा हो १-३ घण्टामा सहि उपचार भएनभने बिरामीको मृत्यु हुनजान्छ्न।नेपालमा मुटु रोग बढ्नुका कारण । अस्वस्थ वा गलत जीवन शैली ( खानपिन रहनसहन ), प्रदुषण , मानसिक तनाव , चिन्ता , भय, उदासीनता , धूम्रपान , मद्धपान , सुर्तीजन्य पदार्थको सेवन , उच्च कोलेस्टेरोल , उच्च रक्तचाप, निष्क्रिय जिवनशैली , मधुमेह आदि मुटु रोगका कारण हुन।
मुटु रोगका लक्षणहरु
१) छाती दुख्नु ( प्रायः देब्रेतिर )
२) मुटुको ढ्ड्कन बढ्नु।
३) स्वा स्वा हुनु ( दम बढ्नु)
। ४) खुट्टा सुनिनु।
५)चितचित पसिना आउनु।
६) बेहोस हुनु।

७) बढी थकाइ लाग्नु।
८) बच्चाहरुमा जोर्नी दुख्नु, ज्वरो आउनु , जिब्रो र औंलाका टुप्पाहरु निलो हुनु।
९) वाकवाक लाग्नु।
१०) रिंगटा लाग्नु।
११) डर लाग्नु। इत्यादि
मुटु रोग हुन बाट बच्ने तथा रोकथामको उपाय :
रोग लागेपछि पछुताउनुभन्दा लाग्ने नदिनु बुद्धिमानी हो। उच्च रक्तचाप , उच्च कोलेस्टेरोल र मधुमेह यी सबै खराब बानीले उत्पन्न भएको हो र यो बानी बच्चादेखि नै सुधार गर्नुपर्छ। बानी मात्र सुधारेमा मुटुरोगको जोखिम ९५% सम्म कम गर्न सकिन्छ अपनाउनुहोस निम्न कुरा:
१) खानामा स्वस्थ्य आहारको सेवन :
नुन, तेल, चिनीको कम प्रयोग हुनुपर्छ त्यसैगरी खानामा फलफुल , सागसब्जी , फाईबरयुक्त रेसादार खाना , सलाद , मासाहारीको ब्यक्तिको लागि माछाको प्रयोग प्रशस्त हुनुपर्छ । अहिले हालको रिसर्चले के भन्छ भने चिनी त गुलियो र नुनिलो भन्दा पनि खतरनाक हुन्छ ।चिनीलाई स्विट पोइजन ( sweet poison) पनि भनिन्छ। चिनी रिफाइन्ड कार्बोहाइड्रेट हो जुन अरुमा पाइने कार्बोहाइड्रेट भन्दा एकदमै फरक हो ।
चिनी शरीरमा गएपछि मोटोपना , कोलेस्टेरोल , सुगर , मुटुको समस्या निम्त्याउछ। त्यसैले आफ्नो जिवनबाट चिनीलाई र चिनी हालेको कुराहरु निकालौ र कम मात्रामा मात्र सेवन गरौँ । त्यसैगरी नुन पनि कम खानुपर्छ । ५ ग्राम दैनिक खानुपर्नेमा हामी १०-१५ ग्राम खाइरहेका हुन्छौं। यसले पनि मुटु रोग निम्त्याउछ। चिल्लो (बोसोयुक्त) कुरा चाहे मासाहारी होस या साकाहारी होस यसले कोलेस्टेरोलको मात्रा बढाउछ त्यो कोलेस्टेरोल पछि गएर मुटु रोग निम्त्याउछ। कहिलेकाही बोसोयुक्त कुरा खादा सलाद प्रयाप्त खानुपर्छ यसले असर कम गर्छ। तेल , बनस्पति घ्यू पनि कम खानुपर्छ ।
तेल natural रुपमा काचो खाएमा good cholesterol हो तर यसलाई पकाएमा वा फ्राई गरेमा good बाट bad कोलेस्टेरोलमा परिबर्तन हुन्छ जुन बढी भएमा मुटुको नलीहरु blockage गर्नसक्छ त्यसैले कम खानुपर्छ। दूध पनि animal product हो यसमा पनि बोसो ( satturatted fat) बढी हुन्छ ।यदि तपाईंलाई मोटोपना , उच्च कोलेस्टेरोल , उच्च रक्तचाप , मधुमेहको समस्या छ भने सकेसम्म दुध नखानु बरु दही खादा राम्रो हुन्छ किनभने दहीमा बोसो र क्यालोरीको मात्रा कम हुन्छ साथै दहीमा प्रोबायोटिक ब्याक्टेरिया भएकोले हाम्रो शरीरलाई फायदा पुर्याउछ त्यसैले दही र मही खानुपर्छ।
कुपोषणको समस्या , कमजोर , रोगी , बच्चा र गर्भास्था बाहेक दूध खानु राम्रो होइन। भात भन्दा रोटि , फापर , मकै , कोदो बढी खानु राम्रो किनभने रोटीमा भात भन्दा फाइबर , मिनरल, प्रोटिन र कार्बोहाइड्रेट कम हुन्छ त्यसैले रोटिले कोलेस्टेरोल पनि घटाउछ।
२) नियमित शारीरिक गतिविधि/ ब्याम :
एउटा स्वस्थ ब्यक्तिले दैनिक कम्तीमा ३० मिनेट वा ५/६ कि. मि. हिंड्नुपर्छ । सुगर र कोलेस्टेरोलको समस्या भएको ब्यक्तिले १ घण्टा बढी हिंड्नुपर्छ।
३) मदिरा / रक्सीको सेवन नगर्ने। बिश्वमा प्रत्येक मिनेटमा ६ जनाको र प्रति १० सेकेन्डमा १ जनाको मृत्यु रक्सीको अत्यधिक सेवनले विभिन्न रोगबाट हुने गर्छ्न। पहिला पहिला अलि अलि मदिरा खान मिल्छ भन्ने कुरो रिसर्चमा थियो तर अहिले मदिरा चाहिँ मुटुको लागि राम्रो होइन थोरै मदिराले पनि हानी गर्न सक्छ भन्ने कुरो हालको रिसर्चले प्रमानित गरेको छ।
४) धूम्रपानको सेवन नगर्ने
५) तौललाई नियन्त्रण राख्नुपर्छ : मोटोपना रोगको घर हो त्यसैले मोटोपना छ भने तौललाई घटाउनुपर्छ।
६ )नियमित जांच गराइराख्नुपर्ने : एउटा स्वस्थ ब्यक्तिले पनि नियमित जांच गराउनुपर्छ। उच्च रक्तचाप , कोलेस्टेरोल , मधुमेह हुनुभन्दा पहिला नै कम्तीमा यी तीन जांच नियमित गराउनुपर्छ। यी बिरामी का ब्यक्तिले नियमित औषधिको सेवन गर्नुपर्छ।
७) सकारात्मक सोच राख्नुपर्छ : रीस, ईर्ष्या , नकारात्मक सोच , मानसिक तनावले मुटु रोग लगाउने र मुटु रोगको जोखिम बढाउने गर्द्छ्न त्यसैले साधारण जीवन , सकारात्मक सोच, धेरै दिमाण्ड नगरौं , धेरै अस्वस्थ प्रतिस्पर्धा नगरौं , अरुको प्रगति हेरेर रीस नगरौं , ईर्ष्या नगरौं ।
--------------------
चन्द्रदेव ठाकुर
हेल्थ असिस्टेन्ट मण्डनदेउपुर नगरपालिका
काभ्रे















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…