ट्रयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु , एक धरान रिफर !
फरार चालकको खोजविन तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२०७६ कार्तिक २३ शनिबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ट्रयाक्टरको ठक्करबाट धनुषामा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर भएको छ ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ६ बिरेन्द्रबजार देखि महिनाथपुर सडकखण्ड अन्तर्गत शुक्रबार अपरान्ह ट्रयाक्टरले ठक्कर दिदा एकको घटनास्थलमै ज्यान गएको छ । धनुषाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा अनियन्त्रित भएको जोह्नडियर ट्रयाकटर क.२ त. ९०७२ ले ठक्कर दिदा अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको हो।
घाइते अन्दाजी बर्ष ६० को नाम नखुलेको एक आइमाइ गम्भिर भएपछि उनलाई तत्कालै धरान रेफर गरिएको समेत जनाइएको छ। ठक्कर दिने ट्रयाकटर चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको खुलेको बताइएको छ । यद्यपी चालक भने अझ फरार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर बिरेन्द्रबजार बाट कमला चारनाथमा ढुवानिमा रहेको थियो। फरार चालकको खोजविन तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…