प्रदेश २ को कृषि मन्त्रालयको भ्रष्टाचार छानबिन हुनुपर्छ : प्रभु साह
अध्यक्ष साहले विगतमा समृद्ध रहेको मधेशलाई मधेशी दल नेतृत्वको सरकारले धारासाही बनाएको आरोप लगाए ।

२०७६ कार्तिक १५ शुक्रबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को कृषि मन्त्रालयभित्र व्याप्त भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् ।
छठ पर्वको अवसरमा शुक्रवार सिम्रौनगढ नगरपालिका – ८ कचोर्वामा नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रदेश सरकारले खुलेआम भ्रष्टाचार गरेको देखेर प्रदेशवासीले लज्जाबोध गर्न थालेको जीकिर गरे । अनुदान, ऋण, ट्याक्टर, मोटर बाँड्ने नाममा प्रदेशले चरम भ्रष्टाचार गरेकोले कारबाहीको विकल्प नभएको अध्यक्ष साहले माग राखेका हुन् ।
अध्यक्ष साहले भने, - "तपाइँहरु सबैको आँखा अगाडि छरपस्ट छ प्रदेश नम्बर २ को सरकार भ्रष्टाचारमा पूर्ण रुपमा लिप्त छ । त्यसमा पनि सबैभन्दा धेरै भ्रष्टाचार हुने ठाउँ भनेको कृषि मन्त्रालय हो । अनुदानको नाममा करोडौं रकम हिनामिना भएको छ । कतै फर्जी कागज बनाएर पैसा मन्त्रीलगायतको खातामा गएको छ भने कतै मन्त्रालयमा पहुँच राख्ने मधेशी दलका नेता र तिनका नातेदारहरुलाई दिएको छ । कृषि मन्त्रालयबाट भइरहेको चरम भ्रष्टाचारमाथि छानबिन गरी सबैलाई कारबाही गर्न माग गर्दछु ।"
अध्यक्ष साहले विगतमा समृद्ध रहेको मधेशलाई मधेशी दल नेतृत्वको सरकारले धारासाही बनाएको आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…