अदालतमै आलमको आक्रोस : 'म निर्दोष छु ,मिडियासँग बोल्न दिनुस !'
आलम विरुद्ध नया थप अर्को जाहेरि परेको त्यस सनदर्भमा गम्भीर अनुसन्धान हुने प्रहरीले बताएको छ ।

२०७६ कार्तिक ८ शुक्रबार, दिउँसो २:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जिल्ला अदालत रौतहटबाट ८ दिनको म्याद थप भए पछि संचारकर्मीहरु सँग कुरा गर्दै आलमले आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन ।
शुक्रबार अदालत परिसरमा सन्चारकर्मी देखेर उहाँ हौसिए । उहाँलाई प्रहरी नायव उपरिक्षक नवीन कार्कीको कमान्डलाई अदालत ल्याइएको थियो ।साथमा सन्धित मुद्दाको अनुसन्धान अधिकृत पपु नायक थिए । निरीक्षक नायकले आलमलाई गाडीमा बस्न आगामी गरे । आलमले झोकिदै भने पख्नुस मिडिया सँग बोल्न दिनोस , केको हतारो ? – भनेर झोकिए ।
आलमले भने, – "हेर्नुस् मेरो गिरफ्तारि असान्दर्भिक छ यो कानुनको ठाडो उलंघन हो । हुँदै नभएको घटनामा राजनितिक प्रतिसोधमा मलाई फसाइएको छ । मेरो गिरफ्तारीले संविधानले गरेको कानूनी राज्यको अवधारणाको उल्लघन गरेको छ ।" आलमले थपे “मेरो गिरफ्तारी राजनितिक प्रतिषोध बाहेक अरु केही होइन ।", एक मिनेट छोटो बोलेको मन्त्रीलाई गाडीमा हाल्न नायब उपरीक्षक कार्कीले आदेश पछि निरीक्षक नायकले गाडी मा बसालेर जिल्ला प्रहरी कार्यालयतिर हुइकाइयो । योद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पु¥याइएको छ ।
रौतहटको क्षेत्र न २मा बम बिस्पोटमा परि घाइते भएकालाइ इटा भट्टीमा फालेर मारेको आरोपमा थुनामा रहेका पुर्व मन्त्री एव सो क्षेत्रका सान्सद कांग्रेस नेता अफताव आलमलाई तेस्रो पटक आठ दिनको म्याद थपिएको हो । जिल्ला न्यायधिश उमानाथ गौतमको इजलाशले आलमलाई तेस्रो पटक आठ दिनको लागी थुनामा राखि अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेकोले आलम विरुद्ध नया थप अर्को जाहेरि परेको त्यस सनदर्भमा गम्भीर अनुसन्धान हुने प्रहरीले बताएको छ ।
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का असोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…