'निर्दोष आलमलाई रिहा गर' - नारा सहित गौरमा मोटो सँख्यामा समर्थक ओर्लिएपछि...
मदेशी क्रान्ती चोकबाट शुरु गरिएको मौन जुलुस नगर परिक्रमा गर्दै राइसमिलको ग्राउन्डमा कोन सभा गरिएको थियो ।

२०७६ कार्तिक ८ शुक्रबार, दिउँसो १२:५४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । घाइतेलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका निलम्बीत साँसद मोहम्मद अफ्ताव आलम पक्राउ विरुद्धमा आज (शुक्रबार) नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गर्ने गरेका छन् ।
सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुुद्धामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा भारी सँख्यामा समर्थकहरु जुटाएर प्रदर्शन गरेका हुन् । रौतहटको गौरमा उनका समर्थकहरुले अफताब आलम निर्दोष हुन, आलमलाई रिहा गर जस्ता जुलुस लगाउँदै भारी सँख्याका प्रदर्शनकारीहरु जुलुस निकालेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार आज विहान ११ बजे भनिएपनि १२ बजेतर्फ प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुुमन गौतमले जानकारी दिए ।
गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार भएको प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा भएको हो । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिक रुपमा कुनै निर्णय नभएको बताएपनि एक्कासी सडकमा मास उतारेका हुन् । नेपाली काँग्रेसको प्रदर्शनमा मोटो सँख्यामा प्रदर्शनमा उत्रेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत मोटो सँख्यामा सुरक्षाकर्मी तैथान गरेका हुन् । कुनै अप्रिय घटना नहोस भनेर प्रर्दशनलाई मध्यनजर गर्दै मोटो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
सयौंको संख्यामा आएका आलम समर्थकले अफ्ताब आलम जिन्दबाद ,निर्दोष अफताबलाई रिहा गर ,धाधली रहित निश्पक्ष छानबिन छिटो गर ,निर्दोस फसाउन पाइदैन लिखित प्लेकार्ड बोकेर मौन जुलुस निकालेका हुन । मदेशी क्रान्ती चोकबाट शुरु गरिएको मौन जुलुस नगर परिक्रमा गर्दै राइसमिलको ग्राउन्डमा कोन सभा गरिएको थियो ।
अनुसन्धान गर्नका लागी प्रहरीले थप समय माँग गरेपछि जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ । जिल्ला न्यायधिश उमानाथ गौतमको इजलाशले आलमलाई आज तेश्रो पटक ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । जिल्ला अदालतले यस अघि उनलाई पहिलो पटक ७ र दोश्रो पटक ५ दिनको म्याद थप गरेको थियो । असोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।
आफ्नो गिरफ्तारी राजनितिक प्रतिषोध : आलम

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…