यदुकूहा ईलाकामा अपराधिक कार्य गर्नेहरुको अब गुञ्जायस छैन : ईन्सपेक्टर केसी
जनतालाई सुरक्षाको दृष्टिकोणबाट ढुक्क बनाउन जागरुकता साथ लागेको ईन्सपेक्टर केसीको भनाई छ ।

२०७६ कार्तिक ७ बिहीबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामै प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा बजारमा पार्किङ गरेर राखिएको मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा यदुकूहा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका–७ धबौली टोल बस्ने १८ वर्षीय राजु पासवान रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) दिपक बाबु केसीले जानकारी दिए ।
उनका अनुसार, बुधबार यदुकूकामा बजार लागेको दिन मौकाछोपेर पार्किङमा रहेको स ६ प ४९२० नम्बरको ग्ल्यामर मोटरसाईकललाई मास्टर किईको प्रयोग गरी खोलेर भाग्दै गरेको क्रममा धनवीर पाण्डेको कमान्डमा बजारमा ड्युटी गरिरहेको प्रहरी टोलीले पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका राजु पासवानमाथि ईलाका प्रहरी कार्यलय यदुकूहामै राखी थप अनुसन्धान भइरहेको उनले जनाए ।
धनुषाको पूर्वी भेग शहिदनगर नगरपालिकामा पछिल्लो समय मोटरसाईकल चोरीको उजुरी बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ । मोटरसाईकल चोरीको गुनासो बढेपछि चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिने प्रयासमा रहेको प्रहरी निरीक्षक केसीले बताए ।
जनतालाई सुरक्षाको दृष्टिकोणबाट ढुक्क बनाउन जागरुकता साथ लागेको उनको भनाई छ । उनले भने, ‘जनताको जिउधनको सुरक्षाप्रति हामी पूर्ण सचेत र गम्भीर छौं, कुनैपनि किसिमका अपराधिक क्रियाकलाप गर्नेहरूको अब हाम्रो ईलाकामा गुञ्जायस छैन ।’
ईन्सपेक्टर केसीले समाजमा अपराधिक गतिविधि गरेर समाजलाई त्रसित बनाउने समूहलाई परास्त गर्नका लागि स्थानीय जनताको सहयोग आवश्यक रहेको समेत औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…