नेकपाको शक्ति र विकास हेरेर प्रतिक्रियावादी दल डराए : मन्त्री महासेठ
पार्टीलाई लडाउनमा होइन, विकासमा ध्यान दिन सबैसँग आग्रह समेत गरेका छन् ।
२०७६ कार्तिक ५ मंगलबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेकपाको शक्ति र विकास देखेर प्रतिक्रियवादी तथा प्रतिपक्षी दल डराएको बताएका छन् ।
मँगलबार धनुषाको मिथिलाबिहारी नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै मन्त्री महासेठले केही प्रतिक्रियावादी दलहरु नेकपा पार्टी भित्रमै षडयन्त्रपूर्वक लडाउने प्रयास गरेको आरोप लगाए । मन्त्री महासेठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्ति र विकास हेरेर प्रतिक्रियावादी दलहरु डराईसकेको औल्याए । "केहि प्रतिक्रियावादीहरुले पार्टी भित्र अन्तरद्वन्दको धेरै प्रयास गरेपनि उनीहरु असफल भएको बताए ।" - उनले भने ।
मन्त्री महासेठले प्रतिक्रियावदी शक्तिहरु पार्टी भित्र मन्त्रीमण्डल फेरबदल हुने गलत कुप्रचार गरेपनि अहिले कुनैपनि हालतमा मन्त्रीमण्डलमा फेरबदल नहुने दाबी गरे । उनले गलत भ्रम फैलाएपनि कम्युनिष्ट पार्टी शक्तिशाली र विचारधारामा हिड्ने भएकोले केही बिगार्न नसक्ने दाबी समेत गरे । कम्युनिष्टको एउटै मात्र लक्ष्य विकास रहेको उनले जिकिर गरे । उनले पार्टीलाई लडाउनमा होइन, विकासमा ध्यान दिन सबैसँग आग्रह समेत गरेका छन् ।
मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल कुमार यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रतिनिधिसभा साँसद जुली कुमारी महतो, योगनारायण यादव, राष्ट्रिय सभासदस्य सुमन प्याकुरेल, प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, पार्टीका धनुषा जिल्ला इन्चार्ज योग कुमार बरबरिया सहितका व्यक्तिहरुले आ–आफ्नो धारणा सहित राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…