आलमद्धारा पोलिग्राफ टेस्ट गर्न अस्वीकार !
तत्कालीन सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले नै ट्याक्टरलाई स्कटिङ्ग गरेर भट्टासम्म पुर्याएको समसुलको दावी छ ।

२०७६ कार्तिक ५ मंगलबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट २ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।
अनुसन्धानका क्रममा आलमले झूठ बोले(नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर, उनले मानेन् ।
सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले(नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । आलमले पोलिग्राफ टेष्ट गर्न नमानेको व्यहोरा उल्लेख गरी सरकारी वकिलको कार्यालयमा कागजात पेश गरिने एसपी भुपेन्द्र खत्रीले बताए ।
घटनामा प्रयोग भएको ट्याक्टरको अनुसन्धान सुरु
२०६४ चैत्र २७ गते भएको बम विष्फोटमा मारिएका र घाइते भएकाहरुलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरिएको ट्याक्टर प्रहरीले फेला पारेको छ । त्यसबेला घटनामा प्रयोग भएको ना१त ६४७२ नम्बरको ट्याक्टरको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गहुबारीमा लुकेर घटना हेरेका मृतक ओशी अख्तरका ससुरा सरुअठाका समसुल आलमले पनि घटनाका बेला ट्याक्टरमा घाइतेहरुलाई बोरामा राखेर इँटाभट्टासम्म र्पुयाइएको बताएका छन् ।
तत्कालीन सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले नै ट्याक्टरलाई स्कटिङ्ग गरेर भट्टासम्म पुर्याएको समसुलको दावी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…