विद्यार्थी मृत्यू प्रकरण : विद्यालयका शिक्षक शिक्षिकाहरुले आफ्नो तलब दिने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि विद्यालयका प्रधानाध्यापक र लेखापाल सहित सम्पूर्ण शिक्षकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर

२०७६ कार्तिक ४ सोमबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि विद्यालयका प्रधानाध्यापक र लेखापाल सहित सम्पूर्ण शिक्षकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की चँचला सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको थियो । पीडित परिवारलाई सान्तावना स्वरुप विद्यालयका प्रधानाध्यापक राम किशोर यादव र लेखापाल मनोज कुमार यादवले एक महिना ७ दिनको तलब उनको परिवारलाई प्रदान गर्ने निर्णय गरेका छन् ।
धनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको अवस्था चिन्ताजनक !
यसका साथै विद्यालयमा अध्ययन अध्ययापन गराईरहेका सम्पूर्ण शिक्षक शिक्षिकाहरुले समेत कुल तलबको ७ दिनको तलब पीडित परिवारलाई दिने निर्णय गरेको हो । सोही घटनामा अन्दाजी बर्ष ६ का मोहम्मद समिर साफी समेत गम्भिर घाईते भएका छन् ।
अपडेट : स्कूलको पर्खाल भत्किंदा बालिकाको घटनास्थलमै मृत्यू, एकको अवस्था गम्भिर !
पढदै गरेकी अवस्थामा चँचला उपर पर्खाल भत्केर ढलेपछि उनको तत्कालै घटनास्थलमै मृत्यू भएको थियो । यसैक्रममा जनकनन्दीनी गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण समुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु, कर्मचारीहरु सहित शिक्षकसंघ, प्रदेश सरकार, संघीय सरकारसँग समेत मृतक चँचलाको परिवारको लागि सहयोगको अपिल गर्ने निर्णय गरिएको लेखापाल मनोज कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…