धनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको अवस्था चिन्ताजनक !

सो घटनामा एक अन्य विद्यार्थी गम्भिर घाईते समेत भएको छ । 

२०७६ असोज ३० बिहीबार
दिउसो १:३४ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा एक विद्यार्थी अचेत भएका छन्  |

 

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के.एस.एस.बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा त्यसमा च्यापिएर एक बालिका गम्भिर घाईते भएकी हुन् । विद्यालयमा पढन गएकी ती बालिका पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले बताएपनि चिकित्सक र प्रहरीले त्यसलाई भने पुष्टि गरेको छैन । सो घटनामा एक अन्य विद्यार्थी गम्भिर घाईते समेत भएको छ । 

 

जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की सँसना सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको प्रत्यदर्शीहरुले जनाएपनि प्रहरीले अचेत मात्रै भएको तथा गम्भिर घाईते भएर उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको जानकारी दिएको छ । सोही घटनामा अन्दाजी बर्ष ६ का मोहम्मद समिर साफी समेत गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । 

 

उनीहरुको उपचारको लागि जनकनन्दिनी गाउँपालिकाको समुदायिक एम्बलेन्स मार्फत अञ्चल अस्पताल पठाइएको गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले जानकारी दिइन । उनका अनुसार बालिकाको अवस्था नाजुक रहेको र प्रत्यदर्शीहरुले घटनास्थलमै मृत्यू भएको भनेर जानकारी आएको उल्लेख गरिन् ।

 

पुनश्च: यस घटनाबारेमा थप अपडेट आउन बाँकी छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७६ असोज ३० बिहीबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }