विज्ञ टोली आउने भएपछि नगर परिषद सारियो
जनकपुरधाम, २० पुस । धनुषाको शहिदनगर नगरपालिकाको परिषद् मिति सारिएको छ । पुस २१ गते हुने भनिएको नगर परिषद् कृषिको विज्ञ टोली आउने भएपछि नगर परिषद् सारिएको मेयर उदय कुमार बरबरियाले जनाएका छन् । नगरको चौतर्फी विकासको सम्भावना बारे अध्ययन गर्न केन्द्रबाट सचिवस्तरि टोली अनुगमनका लागि आउने भएपछि नगर परिषद

२०७४ पुस २० बिहीबार, राति ८:४२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० पुस । धनुषाको शहिदनगर नगरपालिकाको परिषद् मिति सारिएको छ ।
पुस २१ गते हुने भनिएको नगर परिषद् कृषिको विज्ञ टोली आउने भएपछि नगर परिषद् सारिएको मेयर उदय कुमार बरबरियाले जनाएका छन् ।
नगरको चौतर्फी विकासको सम्भावना बारे अध्ययन गर्न केन्द्रबाट सचिवस्तरि टोली अनुगमनका लागि आउने भएपछि नगर परिषद् आगामी पुस २८ गतेका लागि सारिएको मेयर बरबरियाले न्युज ब्युरोसँग भने ।
सचिवस्तरिय टोली आउने भएपछि नगरको कृषि विकासको लागि बजेट अनुमोदनको सम्भावना समेत देखिएकोले सो बजेटलाई मध्यनगर गरी अहिलेको वर्तमान समयमा नगर परिषद तोकिएको समयमा उपयुक्त नदेखिएको ठहर गर्दै बरबरियाले नगर परिषद् २८ गतेका लागि सार्ने निर्णय गरेका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…