नेपाल–भारतबीचको रोटीबेटीको सम्बन्ध अटुट रहन्छ : बिजेपी सांसद निसाद
समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपाल भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाई सुझाव दिए ।

२०७६ कार्तिक ३ आइतबार, बिहान १०:०६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । भारतीय जनता पार्टीका मुज्जफरपुर सांसद अजय निषादले नेपाल भारतबीचको रोटी बेटीको सम्वन्ध अटूट रहनेमा विश्वास व्यक्त गरेका छन् ।
मिडिया फोर बोर्डर हार्मोनी रौतहटद्वारा शनिबार सदरमुकाम गौरमा आयोजित भारत–नेपाल मैत्री सम्बाद कार्यक्रममा बोल्दै सांसद निसादले नेपाल र भारतबीचको खुल्ला सिमानामा सहज रुपमा आवागमनको व्यवस्था हुनुपर्ने विषय सरकारलाइै ध्यानाकर्षण गराउने बताएका हुन् । कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपाल भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाई सुझाव दिए ।
नेपाल र भारतबीचको सम्बन्धमा खटास ल्याउने सड्यन्त्र भइरहेको भन्दै सबै मधेशी समुदायलाई चनाखो भएर बस्नुपर्ने आवश्यकता औल्याए । गौर नगरपालिका कार्यालयको संयुक्त तत्वाधानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सिमा सील गर्न खोजे मधेशी समुदाय माथि डोजर चलाउनु पर्ने चेतावनी समेत दिए ।
नेपालका मिडिया काठमाडौंबाट र भारतका मिडिया दिल्लीबाट मधेशको सिमा समस्या हेर्ने गरेको र दुवै देशको सम्वन्ध बिगार्ने प्रयास गरिरहेकोले त्यस्ता तत्वलाई मीडियाको माध्यमबाट तह लगाउनुपर्ने धरना राखे । सांसद यादवले खुल्ला बोर्डर मधेशीको लागि ठूलो बरदान रहेकोले बन्द गर्ने दुष्प्रयास गरे ठूलो दुर्घटना हुने चेतवानी दिए ।
सांसद यादवले संघीय सरकार नियत बस नागरिकता विधेयक ल्याएर भारत सितको सम्वन्धमा तितोपना ल्याउन लागेकोले सवैलाइ चनाखो भएर बस्नुपर्ने आग्रह गरे । संघीय सरकारले भारतीय सवारी साधनको रोक लगाउन अनलाईन सिस्टम ल्याएकोले यसको प्रतिकार समेत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘खुल्ला सिमानाको सिपाही हामी मधेशी छौं, कुनैपनि हालतमा नेपाल भारत सिमा बन्द हुन दिदैनौं, सिमा रक्षा हामीले गर्छौ सेनाले गर्दैन ।’
गएको आषाढ महिनामा आएको बाढिको बेला भ्रम फैलाउने उदेश्य बोकेका केहि मिडियाले भारतीयको दादागिरीले नेपाल दुवानमा पर्यो भने भारतीय केहि मिडियाले नेपालले पानी छोडदा भारतीय डुवानमा परेको झूठो समाचार लेखेको भन्दै आलोचना गरे । काठमाडौंमा आएको बाढीले तिब्बतले पानी छोरयो भनेर किन समाचार लेखिएन त भन्दै प्रश्न गरे ।
यस्तै, रौतहट निर्वाचन क्षेत्र नम्बर १ क विधान सभाका प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाई साहले नेपाल भारतबीचको सम्वन्ध सधै मजबूत रहेको जिकिर गर्दै भारतको मधेश प्रति हेर्ने दृष्टि विपरीत भएको टिपण्णी गरेका छन् । पडोसी मुलुक रहेको नेपालको मधेश प्रति हेर्ने आखा भारत सरकारको विपरीत भएकोले मधेश मुखी विकास गर्नुपर्ने निति बनाउन जोड दिए ।
उनले भारतले सिमा क्षेत्रमा विद्यालय, सुविधा सम्पन्न अस्पताल एउटा पनि नबनाएको दावी गरे । मधेश आन्दोलनको बेला सहयोग गरेको जिकिर गर्दै प्रदेश सांसद साहले मधेशको सांस्कृतिक सभ्यता भेष भूसा भारत सित मेल खादै गएकोले सशक्त वर्ग मधेश र मधेशी सित विभेद गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा पूर्व रिगा विधायक मोतीलाई साहले दुबै देशका प्रबुद्ध बर्गलाई नेपाल भारत सिमा समस्याप्रति गम्भीर हुनुपर्ने बताए । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल भारतबीच बाढीको बढी समस्या रहेकोले यसको दीर्घकालीन समाधान गर्ने तर्फ भारत सरकारलाई गम्भीर हुन आग्रह गरे ।
नेपालमा बाढी आउदा भारतको सीमावर्ती बस्ती बगाउने उच्च जोखिम रहेकोले पनि निकास गर्नुपर्ने विषयमा दुवै देशका कूटनीतिक निति अन्तर्गत छलफल हुनुपर्ने धरना राखे । कार्यक्रममा आयोजक संस्थाका केन्द्रीय अध्यक्ष अमरेन्द्र तिवारीले प्रस्तुत गरेका १७ बुँदे समस्याप्रति सहभागी भएकाहरुले आ–आफ्नो विचार राखेका थिए ।
मैत्री संवाद कार्यक्रमबाट अनुमोदन गरिएका प्रस्तावहरु दुबै देशका प्रधानमन्त्रीर्ला बुझाउने आयोजक सस्थाले जनाएको छ । संवाद कार्यक्रममा भारतीय बाणिज्य दूतावास वीरगञ्जका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, नेपाल प्रत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह लगायत नेपाल तथा भारतका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु सरिक थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…