धनुषामा एक अधबैंसेको रहस्यमय तरिकाले मृत्यु
बुधबार राती नै घरबाट साझै देखि बाहिर रहेको एवं रातिसम्म घर नफर्किदा यादबलाइ लिएर खोजबिन शुरु भएको थियो।

२०७४ पुस २० बिहीबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

जीतेन्द्र कुमार राम जनकपुरधाम २० पौष। तराईमा अत्यधिक चिसो र शितलहरको समय मानव जनजीवन प्रभावित भएको हो भने बिहानैबिहानै अन्होनी घट्ना घटेका छ्न।
जिल्लाको सवैला नगरपालिका अन्तर्गत वडा १ र ५ जोड्ने सवैला मखनाहा सडक खण्डबिच एक अधबैंसे मान्छेको शब सडकको छेउमा फेला परेको हो।मृत्यु हुनेमा नगरपालिका १ कै दुखिया यादवको छोरा अन्दाजी बर्ष ५४ को दिरपाल यादव रहेका छन।
बुधबार राती नै घरबाट साझै देखि बाहिर रहेको एवं रातिसम्म घर नफर्किदा यादबलाइ लिएर खोजबिन शुरु भएको थियो। यादव एक क्रियासिल किसान रहेका कारण दिन भर खेतैतिर बसाइ एवं खानपिन गर्दै आइरहेका थिए भने मादक पदार्थ सेवनमा पनि उसको निरन्तरता रह्दै आएका थिए।यादवको एक छोरा सहित दुई छोरी पनि रहेका छन।

बिहिवार नगरपालिकाकै उक्त सडक खण्ड भएर निस्केका मर्निङ वाकको टोलिले यादवलाइ पानीमा डुबेको अवस्थामा हेर्दा इलाका प्रहरी टोलिलाइ जानकारी गराइएका थिए भने मान्छेहरुको हेर्ने भिडभाड जम्मा भएका छन। समयमा प्रहरी पुगेपछि लासलाइ बाहिर ल्याइएका छन भने सनाखत गरि पोष्टमार्ट्मको लागि अञ्चल पठाइएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…