समाजवादी युवा संघ प्रदेश नं २ को अध्यक्षमा 'यादव'
प्रदेश नं २का ८ वटै जिल्लाका युवा साथीहरूको भव्य उपस्थितिमा १५ पदाधिकारी सहित ६२ सदस्य प्रदेश युवा समिति गठन

२०७६ कार्तिक १ शुक्रबार, दिउँसो १:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालको भातृ संगठनको रुपमा रहेको समाजवादी युवा संघको प्रदेश कार्य समितिलाई समायोजन गरिएको छ ।
केन्द्रिय युवा बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं २ समायोजन कार्यदल संयोजक संजिव यादवको अध्यक्षता एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय कोषाध्यष एवम प्रदेश नं. २ का अध्यक्ष तथा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको विशेष उपस्थितिमा कार्य समितिलाई पूर्णता दिइएको हो । प्रदेश नं. २ को ८ वटै जिल्लाबाट समाजवादी युवा संघको कार्य समितिमा कार्यकर्ता तथा नेतालाई चयन गरिएको हो । संघको अध्यक्षमा आतिस कुमार सिँह यादवलाई चयन गरिएको जनाइएको छ ।
केन्द्रिय सदस्य तथा केन्द्रिय युवा इनचार्ज देवी सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न एक समारोहबीच प्रदेश कार्य समितिलाई ८ वटै जिल्लाबाट समेटिएको हो । नयाँ गठित कार्य समितिको उपाध्यक्षमा सकलदेव यादव ,उमेश निराला, पुजन मौवार, सरोज चौधरी, भुवनेश्वर यादव र विनोद यादवलाई चयन गरिएको हो । यस्तै, मुख्य सचिवमा ओम यादव (मनिष) लाई चयन गरिएको छ भने सचिवमा अन्जु कुमारी यादव, कासिम अंसारी, मनोज कुमार यादव, रामभजन यादव, कमलेश यादव र राजकुमार कुश्वाहालाई चयन गरिएको हो ।
समितिको कोषाध्यक्षमा जुनैदा खातुन लगायत ६२ सदस्यीय समिति गठन गरिएको हो । सो समारोहमा केन्द्रिय सदस्य तथा केन्द्रिय युवा सह इन्चार्ज फिरोज मंसुर, बिशिष्ठ अथिति केन्द्रिय सदस्य, केन्द्रिय युवा अध्यक्ष, तथा प्रदेश नं २ भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको विशेष उपस्थिति रहेको थियो ।
प्रदेश नं २का ८ वटै जिल्लाका युवा साथीहरूको भव्य उपस्थितिमा १५ पदाधिकारी सहित ६२ सदस्य प्रदेश युवा समिति गठन गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…