अपडेट : स्कूलको पर्खाल भत्किंदा बालिकाको घटनास्थलमै मृत्यू, एकको अवस्था गम्भिर !
विद्यालयमा सो घटना भएपछि विद्यार्थीहरुमा समेत त्रास उत्पन्न भएको छ ।

२०७६ असोज ३० बिहीबार, दिउँसो ३:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको खजुरी माविको भवन पर्खाल भत्किंदा च्यापिएर एक बालिकाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के. एस. ए. बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा त्यसमा च्यापिएर एक बालिकाको घटनास्थलमै मृत्यू भएको हो । विद्यालयमा पढन गएकी ती बालिका पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको प्रहरीले जनाएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की सँसना सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको प्रत्यदर्शीहरुले बताएका छन् । प्रहरीले पनि सो घटनालाई पुष्टि गरेको हो । मसोही घटनामा अन्दाजी बर्ष ६ का मोहम्मद समिर साफी समेत गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
धनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको अवस्था चिन्ताजनक !
धाईते साफीको लागि जनकनन्दिनी गाउँपालिकाको समुदायिक एम्बलेन्स मार्फत अञ्चल अस्पताल पठाइएको गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले जानकारी दिइन । बालिका सदाको घटनास्थलमै तत्कालै मज्जग फुटेर मृत्यू भएको बताइएको छ । जनकपुर अञ्चल अस्पतालमा पुगे लगत्तै अस्पतालले बालिका सदालाई मृत घोषित गरेको थियो भने सोही घटनाका साफीलाई गम्भिर चोट लागेकोले उपचार भईरहेको जनाएको छ ।
विद्यालयमा सो घटना भएपछि विद्यार्थीहरुमा समेत त्रास उत्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…