धनुषा प्रहरीद्धारा गाँजा खेती नष्ट
सीमानाकामा समेत चेकजाँज तीव्र पारिएको

२०७६ असोज २८ मंगलबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा अबैद्य गाँजा खेती नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटि गएको टोलीले धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुर स्थित बारीमा लगाइएको अबैद्य गाँजा खेती नष्ट पारिएको जनाइएको छ । विशेष सूचनाको आधारमा स्थानीय सुरेश दास, विसुन महतो र कान्छा रोक्का लगायतको बारीमा लगाइएको गाँजाको बोट नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवको नेतृत्वमा खटि गएको टोलीले करिब १००० गाँजाको बोट नष्ट पारेको हो । घर पछाडी बारीमा रोपिएको गाँजा नष्ट पारिएको जनाइएको छ । धनुषा प्रहरी अबैद्य गाँजा र अबैद्य मदिरा भठ्ठी नष्ट अभियानमा सक्रियता देखाएको छ भने सीमानाकामा समेत चेकजाँज तीव्र पारिएको हो ।
धनुषाधाम नगरपालिका ६ हरिपुर स्थित विभिन्न व्यक्तिहरुले केराबारी, उँखुबारीमा चोरेर लगाएको गाँजाका बोटहरु गोप्य सूचनाको आधारमा खेतमा पुगेर नष्ट पारिएको हो । ढल्केवर प्रहरी र प्रहरी कार्यालय यज्ञभूमिको सँयुक्त टोलीद्धारा उक्त गाँजा खेती नष्ट गरिएको हो । गाँजा खेती नष्ट गरी आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…