कमला अभियानी विक्रम यादव लाई 'नेपाल-भारत फ्रेंण्डसिप' अवार्ड
राष्ट्र सभा सदस्य मुक्ता यादब लाई पनि नेपाल भारत मैत्री अवार्ड बाट सम्मान गरिएको हो ।

२०७६ असोज २७ सोमबार, राति १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका संस्थापक अध्यक्ष एवम् पर्यावरण प्रेमी विक्रम यादवलाई नेपाल–भारत फ्रेंडशिप अवार्ड २०१९ बाट सम्मानित भएका छन ।
भारतको राजस्थानमा एक भब्य समारोह बीच टाईम्स ईन्डिया समाचार पत्रका प्रधान सम्पादक डा. शोकिन बर्मा द्वारा यादवलाई सम्मान पत्र सहित सम्मान गरिएको हो । कमला नदी जलाधार संरक्षणका सँयोजक समेत रहेका अभियानी यादवलाई जल योद्धाको रुपमा सम्मान गरिएको हो । पर्यावरण बचाउ अभियानमा लागेका यादवलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सोही समारोहबीच नेपाल बाट मुख्य अतिथिको रुपमा रहेको राष्ट्र सभा सदस्य मुक्ता यादब लाई पनि नेपाल भारत मैत्री अवार्ड बाट सम्मान गरिएको हो ।
पोक्टिकल टाइम्स इंडिया, राजनीतिक सामयिक एवं खोजपुर्ण राष्ट्रिय हिन्दी समाचार पत्र निम्वाहाडा, राजस्थानले आयोजना गरेको कार्यक्रममा नेपाल बाट मुख्य अतिथि राष्ट्र सभा सदस्य मुक्ता यादब लाई पनि नेपाल भारत मैत्री अवार्ड बाट सम्मान र भारत बाट सांसद, पुर्व मन्त्री ,बिधायक नेता लगायतका सहभागीहरु बिच कार्यक्रम सम्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…