निलम्बित साँसद आलमका समर्थकहरु विहानैदेखि आगो बाल्दै
घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप लगाइएको हो ।

२०७६ असोज २७ सोमबार, बिहान ९:५० बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाली काँग्रेसका निलम्बित साँसद मोहम्मद अफताब आलमका समर्थकहरुद्धारा रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।
आईतबार विहान ११ बजे पूर्व साँसद एवम् पूर्व मन्त्री समेत रहेका आलमलाई प्रहरीले एक बम विस्फोट घटनाको आरोपमा पक्राउ गरेपछि उनका समर्थकहरु अहिले रौतहट निर्वाचन क्षेत्र नं. २ को राजपुर फरहदवा सहितको गाउँ सहित विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । आलमको रिहाईको माग गर्दै उनका समर्थकहरुद्धारा टायर बालेर प्रदर्शन गरिएको हो ।
आलाममाथि संविधानसभाको निर्वाचनमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको र बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप लगाइएको हो ।
बिना कारण आफना नेता पक्राउ गरेको भन्दै नेपाली काग्रेसका कार्यकर्ता सहित समर्थकले रौतहटको विभिन्न ठाउँमा प्रदर्सन जारी राखेका छन् । आलमलाई रौतहट प्रहरीले पक्राउ गरेको भन्दै स्थानीय नेता कार्यकर्ता आक्रोशित भइ प्रदर्शनमा उत्रेका हो । अदालतमा बिचाराधिन मुध्दा लाई उल्टाउदै पुर्बमंन्त्रि मोहम्मद अफताब आलम लाई पक्राउ गर्नु दुखद र अन्याय भएको भन्दै समर्थकहरुले क्षेत्रको राजपुर ,पिप्रा भगवानपुर ,फतुवामा टायर बालेर प्रदर्सन गरेका छन ।
नेपाली कांग्रेस बाट रौतहट क्षेत्र नम्बर २ बाट बिजयी प्रतिनिधि सभा सदस्य एबम पुर्व मन्त्री मोहम्मद आफताब आलमलाई प्रहरीले पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको जाहेरीको आधारमा १२ बर्ष पछि रौतहट प्रहरीले पक्राउ गरेको हो ।
दुई पटक रौतहट पार्टी सभापति हुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य रहेका उनी काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका मोहम्म्द अफताब आलम नेपाली काग्रेस बाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको आबधिक निर्बाचन, ०६४ सालको संबिधान सभा सदस्य, ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका थिए ।
गौर जादै गर्दा उनलाई प्रहरीले राजपुरको पिप्रा भगवानपुर स्थित शेख इदृस गेट अगाडि बाट आइतबार नियन्त्रणमा लिएको थियो । प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले अनुसन्धानको लागि प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई नियन्त्रणमा लिएको बताए ।खत्रीले म्याद थपेर अनुसन्धान अगाडि बढाउने जानकारी दिए ।आफना नेता लाई पक्राउ गरेपछि आइतबार गौरमा समय समयमा सामन्री झडप र नाराबाजी भएको थियो ।
यसकारण पक्राउ परे आलम
२०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो । राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चको आदेशअनुसार आलमलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । अन्य आरोपी फरार छन् ।
बमकाण्ड घटना के हो ?
२०६४ को पहिलो संविधानसभा चुनाव चैत्र २८ गते हुँदै थियो । अघिल्लो दिन २७ गते राति राजपुर फरदवाकोमा बम विस्फोट भयो । चुनावमा बुथ कब्जा गर्न ल्याइएका बम विस्फोटन भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ । आपराधिक गतिविधिमा संलग्न धेरै भारतीयलाई पैसा दिएर प्रयोग गरेको उनीमाथि आरोप छ ।
घटना लुकाउन विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई गाउँ नजिकैको आफन्तको इँटाभट्टामा जलाएको पीडित पक्षको दाबी छ ।
घटनामा आफन्त मारिएको भन्दै यमुनामाई गाउँपालिका–४ का सिंह र खातुनले नेता आलमसहित ५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विस्फोटबाट क्षति पुगेको खपटाले छाएको घर राति नै मर्मत गरिएको थियो । मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । अहिले सो स्थानमा धानखेती छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…