धनुषाधाम संरक्षित वन जङ्गली हातीको प्रवेश, सचेत रहन निकायको आग्रह
विनय कुमार यादव मँसिर २० गते । मंसिर ०१ गते देखि धनुषाको धनुषाधाम संरक्षित वनमा उँचाई ८ फिट २ ईण्च, लम्बाई लगभग ९ फिट र उमेर लगभग २० बर्ष भएका सिरहा जिल्लाको चारखोलाबाट राधापुर र लक्ष्मिपुर हुँदै आएका एउटा जङ्गली भाले हाती रहिरहेको छ । चुरे क्षेत्रबाट चारनाथ खोला भएर तल झरी राधापूर, लक्ष्मीपूर र भगव

२०७४ मंसिर २० बुधबार, बिहान ८:५२ बजे३ मिनेट पढाइ

विनय कुमार यादव
मँसिर २० गते ।
मंसिर ०१ गते देखि धनुषाको धनुषाधाम संरक्षित वनमा उँचाई ८ फिट २ ईण्च, लम्बाई लगभग ९ फिट र उमेर लगभग २० बर्ष भएका सिरहा जिल्लाको चारखोलाबाट राधापुर र लक्ष्मिपुर हुँदै आएका एउटा जङ्गली भाले हाती रहिरहेको छ ।
चुरे क्षेत्रबाट चारनाथ खोला भएर तल झरी राधापूर, लक्ष्मीपूर र भगवानपूरको खे मंसिर १ गते बिहान ५ बजे तिर धनुषाधाम संरक्षित वनको उत्तरी पूर्वी कुना हुँदै एउटा हाती धनुषाधाम संरक्षित वन भित्र छिरेको प्रमाणहरु हामीले हेर्नुका साथै वरिपरिका केही किसानहरु द्वारा पनि हामीलाई खबर गरिएको थियो ।
तर पछि दुई ओटा देखि हातीको ठूलै समूह भित्र रहेका जस्ता अफवाह फैलिन थाल्दा हामीले हातीलाई भौतिक रुपमै अवलोकन गरी वास्तविक संख्या पत्ता लगाउने उद्देश्यका साथ विगत १० बर्ष देखि जङ्गली हातीसम्बन्धि भूतही पटेर्वा, धनुषा घर भई तराई भरी जङ्गली हाती सम्बन्धि अध्ययन तथा अनुसन्धान गर्दै आईरहेका रोशन ठाकुर र धनुषाधाम ईलाका वन कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहयोगमा नाईट भिजन क्यामेरा, क्यामेरा ट्र्याप र जि.पि.एस. डिभाईस आदीको प्रयोग गरि ९ दिन र २ रात्रीको गस्ती तथा धनुषाधाम संरक्षित वन भित्र रहेको हातीको दिन भरिको अस्थाई बास स्थान देखि रात्री वाहिर निस्केर वरिपरिका खेतमा घुमीरहेको अबस्थामा पछाडी गरेर यकिन गरि सके पछि यस वन भित्र अगाडी र पछाडीका खुट्टाहरु बिचको लम्बाई ९ फिट, उँचाई ८ फिट २ ईण्च र उमेर लगभग २० बर्ष भएको एउटा भाले हाती रहेको निष्कर्ष निकालेका छौँ ।
बाहिर दुई ओटा, तिन ओटा अथवा समूह नै रहेको अफवाहको पछाडी नलागी यस हाती सम्बन्धि यस वन भित्रका अबस्था र गतिबिधीका लागि सिधै हामीलाई सम्पर्क गर्न सम्पूर्णमा आग्रह गर्दछौ ।
बिगतका बर्षहरुमा पनि जङ्गली हातीहरु यो नै रुट प्रयोग गरि चुरे बाट चारनाथ, बालुवा आदी खोला हुँदै तल झरेर धनुषाधाम संरक्षित वनमा एक राती वास वसि अर्को राती फूलजोर तथा जानकी निवास तिरको वनमा जाने गरेको पाईए झैँ यस पाली पनि यो हाती एक राती धनुषाधाम संरक्षित वनमा वास वसि अर्को राती उत्तै तिर लागेको थियो तर बिचमा चन्दरपुर नजिकै सुरक्षा निकाय र स्थानियहरुले हातीलाई अगाडी बढ्न बाट रोके पछि हाती पूनः यसै वन भित्र फर्केर आईसकेको देखियो ।
वनको चारै तिर घना वस्ति भएर पनि कुनै किसिमको क्षती नपू¥याएको, किसानपुर र नौसयका केही घरहरुलाई सामान्य क्षती पू¥याए पनि घरभित्रको मान्छेलाई कुनै किसिमको क्षती नपू¥याएको, वन वरिपरि दिन भरि धान भित्रयाउने आदी उद्देश्यले मानवको उपस्थिती हुनाले दिन भरि वन भित्रै बस्ने र राती मात्रै बाहिर निस्कने तथा बाहिर निस्केर पनि आÏनो प्राकृतिक वानी बाहेकका कुनै बिशेष क्षति नपू¥याउने र हामीहरु हातीलाई हेर्ने उद्देश्यले हातीको ५ फीट जतिको दूरीमा रहेको घर भित्र रहेको थाहा पाएर पनि हामीमाथी एकपटकलाई पनि आक्रमण गर्ने प्रयास समेत नगरेको र तुरुन्तै त्यहाँबाट टाढाँ गईहालेको जस्ता कारणले भाले भएर पनि यो हाती शान्त रहेको तथा मानसिक अबस्था एकदम सामान्य रहेको देखिन्छ । तर पनि हाति नजिकै कुनै पनि हालतमा नजान तथा रात्री घर बाहिर निस्कन पर्दा पर्याप्त प्रकाशका स्रोतहरु लिएर सावधानी साथ मात्रै बाहिर निस्कन आग्रह गर्दछौ ।
हामीले जङ्गली जनावर र प्राकृतिक सम्पदाको सह–अस्तित्व स्विकारेर सँगै बढ्न सके मात्रै हाम्रो र यस्ता प्राकृतिक धरोहरहरुको अस्तित्व कायम रह्न सक्नाले सम्पूर्ण जङ्गली जनावर र प्राकृतिक सम्पदाहरुको संरक्षणमा हातेमालो गरी मिथिला वाईलड लाईफ ट्रस्त का अध्यक्ष देबनारायन मण्डल लेअगाडी बढ्न आग्रह समेत गरेकाछन।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…