सार्वजनिक आस्थाको विषयमा हामी सधैं गम्भिर छौं : मेयर मण्डल
जनताले जनताको लागि जनताद्धारा गरिने यस्ता कार्यहरुप्रति हामी पनि कृतज्ञ छौं ।

२०७६ असोज २५ शनिबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सार्वजनिक आस्थाको विषयमा आफूहरु सधैं गम्भिर रहेको बताएका छन् ।
धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघामा महाबीर झण्डा मेलाको उदघाटन गर्दै मेयर मण्डलले हरेक धर्मले सु सज्जित धनुषाधाम नगरपालिकाले धर्म विकास र आस्थाको लागि हरेक तवरले सहयोग गर्न तत्पर रहेको बताए । उनले यस्ता कार्यहरुको लागि जस्तो सुकै धर्मका अगुवाहरुले नगरपालिकामा सम्पर्क गरे हरेक तवरबाट सहयोगको प्रतिवद्धता जाहेर गरे ।
शनिबारदेखि देखि नौसयबिघामा सुरु भएको झण्डा महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो । भव्य रुपमा लाग्ने त्यो मेलामा आसपासका गाउँका सर्वसाधारणहरु सहित विभिन्न ठाउँबाट हजारौंको सँख्यामा सर्वसाधारणहरु मेला भर्न आउने विश्वास लिइएको हो । सो क्रममा बोल्दै मेयर मण्डलले आस्थाको केन्द्र मानिएको झण्डा मेलालाई आस्थाकै हिसाबले हुनुपर्ने जीकिर गरे । उनले कुनै प्रकारको उच्छृंगल गतविधि नहोस भन्ने कामना सहित मेला सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गरे ।
सो कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्रजीत महतोले आफ्नै वडामा यस्तो प्रकारको आस्थाको विषय आएकोले पूर्ण रुपले सहयोगको प्रतिवद्धता जनाए । उनले आर्थिक वा भौतिक रुपले पनि सहयोग गर्ने जनाए । उनले भने, - "आगामी दिनमा यसभन्दा पनि भव्य रुपमा झण्डा मेला सिँगारको लागि आफू सहयोग गर्न तयार छु , आम सार्वजनिक चासोको विषय र जनआस्थाको विषयमा हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौ । जनताले जनताको लागि जनताद्धारा गरिने यस्ता कार्यहरुप्रति हामी पनि कृतज्ञ छौं ।"
उदघाटन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष, वडा नं. ३ का वडाध्यक्ष सहित सुरक्षाकर्मी तर्फ शसस्त्र प्रहरी बलका प्रतिनीधि, जनपद प्रहरीका प्रतिनीधि सहित साधु सन्त, महिला, युवाहरुको मोटो उपस्थिति रहेको मेला आयोजक समितिका सँयोजक कृष्ण यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…