जनकपुरमा महिलाको कानको बाली छिछोलेर भाग्न खोजेपछि...
कानमा लगाएको बोली छिछोलेर भाग्न खोज्दा ती महिला चिच्याउन थालेपछि स्थानीयहरुले पक्राउ गरेको बताए ।

२०७६ असोज २५ शनिबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीरचौकबाट एकजना युवकलाई चोरीको आरोपमा स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।
पक्राउ पर्नेमा पिपरा गाउँपालिका वडा नं. ७ बनौली बस्ने मनोज मिश्रको अन्दाजी २१ वर्षिय छोरा चन्दन कुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।
जनकपुरधामको पेठिया बजारबाट करीब ४५ वर्षिय एमिना खातुन रामचौक आउने क्रममा ती युवकले कानमा लगाएको बाली छिछोलेर भाग्ने क्रममा स्थानीयहरुले ती युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेको युवकलाई सोही वडाका वडाध्यक्ष मनोज साहले जानकी प्रहरी चौकीमा बुझाएको छ ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २४ रुपैठा बस्ने खातुनलाई बजारबाट नै पछाडि गर्दै आएको र महावीर चौकमा आउँदा कानमा लगाएको बोली छिछोलेर भाग्न खोज्दा ती महिला चिच्याउन थालेपछि स्थानीयहरुले पक्राउ गरेको वडा अध्यक्ष साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…