अपहरणमा परेकी युवतिसहित ३ अपहरणकारी सिरहाबाट पक्राउ, २ टाप
घटनाबारे विस्तृत जानकारी दिन १० बजेपछि पत्रकार सम्मेलन भइरहेको एसपी चतुर्वेदीले न्यूज ब्यूरोलाई जानकारी दिए ।

२०७६ असोज २३ बिहीबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । युवति अपहरण गरी लगिरहेको अवस्थामा सिरहा प्रहरीले तीनजना अपहरणकारीलाई पक्राउ गरेको छ ।
सिरहा प्रहरीले सिरहा नगरपालिका–९ बाट युवतिको उद्धारसहित तीन अपहरणकारीलाई नियन्त्रणमा लिएको हो । भारतीय बिआर. ३२ प. ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लैजादै गर्दा बुधबार गाडि र युवतिसहित प्रहरीको गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।
अपहरणकारी पाँच जनामध्ये दुईजना भने फरार भएका छन् । प्रहरी चेकिंग चलिरहेको देखेपछि उनीहरु टाप कसेका हुन् । फरार रहेका दुबैको खोजीकार्य भइरहेको सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जनाए ।
पक्राउ परेका तीनैजनालाई सार्वजनिक गर्न र घटनाबारे विस्तृत जानकारी दिन १० बजेपछि पत्रकार सम्मेलन भइरहेको एसपी चतुर्वेदीले न्यूज ब्यूरोलाई जानकारी दिए । उनीहरुमाथि अपहरण उद्योग सम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…