सिरहाबाट लागुऔषधसहित एक युवक फन्दामा
न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषधसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका १ पिपराका २० वर्षीय शनिदेव वतारलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझमा वतारलाई ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको

२०७६ असोज १७ शुक्रबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषधसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका १ पिपराका २० वर्षीय शनिदेव वतारलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझमा वतारलाई ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई चेकजाँचको क्रममा बरीयारपट्टी गाउँपालिका ३ बाट ३० चक्की नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…