क्रान्तिकारी र विद्यार्थी फेडरेशनबीच एकता
काठमाडौँ, १९ पुस : वामपन्थी घटकका दुई विद्यार्थी संगठनबीच एकता भएको छ ।नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा संयुक्त निकटको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनबीच आज एकता भएको हो । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेशनका अध्यक्ष दीपक जोशीले संगठन एकता भएको घोषणा गर्

२०७४ पुस १९ बुधबार, दिउँसो ३:२६ बजे१ मिनेट पढाइ

काठमाडौँ, १९ पुस : वामपन्थी घटकका दुई विद्यार्थी संगठनबीच एकता भएको छ ।नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा संयुक्त निकटको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनबीच आज एकता भएको हो ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेशनका अध्यक्ष दीपक जोशीले संगठन एकता भएको घोषणा गर्नुभयो । फेडरेशन नेपालको सबभन्दा पुरानो विद्यार्थी संगठन हो ।
क्रान्तिकारीका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका काठमाडाँै जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले वामपन्थी पार्टीबीच एकता भइरहेका बेला विद्यार्थी संगठनबीच पनि एकता हुनुले देशभरका कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पु¥याउने दाबी गर्नुभयो ।
क्रान्तिकारीका अर्का पूर्व अध्यक्ष रमेश मल्लले एकताले विद्यार्थी संगठनलाई थप बल पु¥याउने बताउनुभयो ।
क्रान्तिकारीका अध्यक्ष तामाङ र फेडरेशनका अध्यक्ष जोशीले क्रान्तिकारी विद्यार्थीको एउटै शक्तिशाली संगठन बनाउनका लागि संगठन एकता गरिएको बताउनुभयो ।
यसैबीच उक्त एकता घोषणा कार्यक्रममा नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिव रामबहादुर विक र नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशीसमेत क्रान्तिकारीमा प्रवेश गर्नुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…