जनकपुरसहित ३२ सहरमा एनटिसीको फोरजी सेवा शुभारम्भ
मुख्यमन्त्री राउतले नेपाल सरकारको बढी स्वामित्वमा रहेको टेलिकम माथिको उपभोक्ता विश्वासलाई अझै दिगो बनाउन सुझाव दिए ।

२०७६ असोज १५ बुधबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल टेलिकमले प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित मुलुकको ३२ वटा शहरमा एकैसाथ फोरजी सेवाको शुभारम्भ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट मुख्यमन्त्री लालबाबु राउत सहित सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कल मार्फत सन्देश दिदै हाई स्पिड इन्टरनेट अर्थात् फोरजी सेवाको उद्घाटन गरेका हुन् । यससँगै आजदेखि यी सहरहरुमा फोरजी नेटवर्कमा इन्टरनेट प्रयोगमा आएको छ ।
प्रधानमन्त्रीको सन्देश पछि जनकपुरमा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले नेपाल सरकारको बढी स्वामित्वमा रहेको टेलिकम माथिको उपभोक्ता विश्वासलाई अझै दिगो बनाउन सुझाव दिए ।
नेपाल टेलिकमको सेवालाई प्रदेशको ग्रामीण क्षेत्रमा समेत चुस्त दुरुस्त बनाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले फोरजी सेवाले सेवाग्राहीहरुको आकाक्षांलाई परिपूर्ती गर्ने विश्वास समेत व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…